– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुष १ –
निःशुल्क दन्त परीक्षण तथा परामर्शसहित दाँत, मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचारमा ३० प्रतिशत छुट दिने गरी चितवन हिमाल डेण्टलमा १५ दिने दन्त शिविर सुरु भएको छ ।
डेण्टलको २१ औं वार्षिक उत्सवका अवसरमा आज पुष १ गते देखि १५ गतेसम्मका लागि दन्त शिविर सुरु गरिएको हो । शिविर चितवन हिमाल डेण्टलको दुई वटै ठाउँमा चल्ने छ । नारायगढको शहिद चोक र भरतपुर हाईट अर्थात सिएमसी अगाडि रहेको चितवन हिमाल डेण्टलमा शिविर सुरु गरिएको डेण्टलका सञ्चालक जयराम जोशीले जानकारी दिए । हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म चितवन हिमाल डेण्टलको दुई वटै स्थानमा शिविर चल्ने छ ।
दन्त सम्बन्धी परीक्षण र उपचारलाई सबैको पहुँचमा पुर्याउन आफूहरुले वर्षेनी शिविर सञ्चालन गर्ने गरेको जोशीको भनाइ छ ।
चितवन हिमाल डेण्टलमा दक्ष चिकित्सक, नर्स, प्राविधिक सहितको टोलीले सेवा दिने गरेको उनले बताए । चितवन हिमाल डेण्टलमा अन्य बेलामा पनि निःशुल्क दन्त परिक्षण तथा परामर्श सेवा दिने गरिन्छ । डेण्टमा नमिलेको दाँतलाई वरिष्ठ अर्थाेडेण्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्षको उपचार, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा तथा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, दाँत झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार (आरसिटी) सेवा, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे र दन्त प्रत्यारोपण गर्ने सेवाहरु चितवन हिमाल डेण्टलमा रहेका छन् । यी सबै सेवाहरुमा आज २०८१ साल पुषको १ गतेदेखि १५ गतेसम्म ३० प्रतिशत छुट उपलब्ध गराउन लागिएको हो ।
दन्त शिविरमा सहभागी भई शिविरको लाभ लिन समेत जोशीले आग्रह गरेका छन् ।
२१ वर्षदेखि निरन्तर सेवा दिइहेको चितवन हिमाल डेण्टल चितवन सहित यस आसपासका जिल्लाको दाँत उपचारको क्षेत्रमा ब्राण्डका रुपमा स्थापित छ ।