काठमाडाैं, असोज ३०
दाङमा जग्गासम्बन्धी विवादमा भाइको हत्या गरेको आरोपमा सहोदर दाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिलका सहोदर दाजु ३२ वर्षीय पूर्ण तामाङ छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका घर भइ हाल दाङको हापुरेमा होटल सञ्चालन गरेर बसेका २८ वर्षीय अनिल तामाङको हत्या आरोपमा उनकै दाजुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए ।
जग्गासम्बन्धी विवादमा पूर्णले भाइलाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






