चितवन, जेठ १७ –
नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा बसमा सवार तीन जना घाइते भएका छन् ।
आज विहान ८ः१५ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढतर्फ आउँदै गरेको ना६ख ७०३ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको ना४ख १४१९ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।
प्रहरीका अनुसार तीन जना घाइते भएकोमा एक जना ईच्छाकामना गाउँपालिका–६ कुयलघारी बस्ने बर्ष ६९ का जित बहादुर विकको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अन्य दुई जना भरतपुर–२९ बस्ने बर्ष ४५ की लालमाया गुरुङ र गोरखाको गोरखा नगरपालिका–८ बस्ने बर्ष ५२ की चमेली उपरकोटी रहेको र उनीहरुको स्थानीय मेडिकलमा सामान्य उपचार गराउनु परेको प्रहरीले जनाएको छ ।