Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

मेडिकल सिटीको रुपमा विकास भएसँगै चितवनबाट काठमाडौँ जाने बिरामी घटे

चितवन, भदौ २७-
दश वर्षअघि लिइएको एक तथ्याङ्कमा यहाँबाट २४ घण्टामा ६९ एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ गएको उल्लेख छ । तत्कालिन समयमा भरतपुरको आँपटारीमा नेपाल प्रहरीको सहयोगमा यहाँका विशेषज्ञ चिकित्सक डा भोजराज अधिकारीले कार्यपत्र तयारीका लागि यो तथ्याङ्क लिनुभएको थियो ।

अधिकारीको भनाइमा भरतपुर मेडिकल सिटीको अध्ययनका लागि लिइएको तथ्याङ्कमा धेरै बिरामी थप उपचारका लागि काठमाडौँ गएको पाइएको थियो । यो सङ्ख्या अहिले आएर हेर्दै गर्दा निकै कम भएको देखिन्छ । एकिन तथ्याङ्क नलिइएको भए पनि देशभरका एम्बुलेन्स चालकको साझा संस्था संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका अध्यक्ष नवराज लामिछाने अहिले दैनिक छ/सात एम्बुलेन्स मात्रै बिरामी लिएर जाने गरेको बताउनुहुन्छ ।

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका डा अधिकारी पहिले पहिले बिरामी सामान्य परीक्षण यहाँ गरेर थप परीक्षणका लागि काठमाडौँ जाने गर्दथे । उहाँले भन्नुभयो, “उपचार थालेको एक दुई दिनमा ठीक हुन्छ कि हुँदैन, होइन भने काठमाडौँ जान्छु बिरामीले भन्ने गर्नुहुन्थ्यो, अहिले त्यस्तो छैन ।”

अहिले जिल्लामा सबै सुविधा भएका कारण सकेसम्म बिरामी यही उपचार गर्न चाहने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबै खालका उपचार यहाँ हुने भएपछि बाहिरी जिल्लाबाट काठमाडौँ जाने गरेका बिरामी पनि यहाँ आउने गरेका छन् ।”

भरतपुरमा संघीय सरकारको केन्द्रीय स्तरको एक भरतपुर अस्पताल, दुई मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पतालसहित २० भन्दा बढी साना तथा ठूला निजी अस्पताल सञ्चालनमा छन् । यसका अतिरिक्त उत्कृष्ट प्रयोगशाला यहीँ छन् ।

केही वर्ष अघिसम्म यहाँबाट मुटु, न्यूरो, बाल शल्यचिकित्सा, हर्मनरोग, मेरुदण्डजस्ता रोगका बिरामी काठमाडौँ जाने गर्दथे । यहाँका मेडिकल कलेजले नेपालमा दिन सकिने सबै सेवा दिएकै कारण यहाँका बिरामी बाहिर जान घटेका हुन् ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपाने आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि काठमाडौँ जाने बिरामी घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “काठमाडौँ जाने होइन, बिरामी काठमाडौँबाट चितवन आउने गरेका छन् ।” उहाँले छिमेकी जिल्लाबाट रिफर भएर पनि ठूलो सङ्ख्यामा बिरामी यहाँ आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मुटु, मृर्गौला, मेरुदण्ड लगायतका बिरामी काठमाडौँबाट चितवन आउँछन् ।”

क्यान्सर उपचारका लागि चितवन देशकै केन्द्र भएको भन्दै प्राडा न्यौपानेले राजधानीसहित देशैभरी र भारतबाट समेत बिरामी आउने गरेको बताउनुभयो । राजधानी काठमाडौँमा हुने उपचार चितवनमा हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बोनम्यारो प्रत्यारोपणबाहेक सबै उपचार चितवनमा हुन्छन् ।”

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल विगतको तुलनामा निकै न्यून बिरामी मात्रै यहाँबाट रिफर लिएर जाने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चितवनमा विशिष्टिकृत सेवा सुरु भएसँगै बिरामीहरु यही उपचार गर्न थालेका छन् ।” सरकारी र निजी क्षेत्र दुवैमा उच्चस्तरका उपकरण, दक्ष जनशक्ति र चुस्त व्यवस्थापनका कारण यहाँ सबै खालको उपचार सम्भव हुँदै गएको उहाँ बताउनुहुन्छ ।

भरतपुर आँखा अस्पताल आँखा उपचारमा विशिष्टिकृत बन्दै गएपछि यहाँको आँखा उपचार सेवा पनि राम्रो बनेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्यूटमा बोनम्यरो प्रत्यारोपण बाहेकका सबै खाले उपचार हुने गरेका छन् ।

देशको मध्यभागमा पर्ने र यातायातको सहजताले पनि यहाँ देशैभरीबाट बिरामी उपचारका लागि आउने गर्दछन् । छिमेकी जिल्लाबाट यसअघि काठमाडौँ जाने गरेका बिरामी पछिल्ला दिनमा यहाँ आउने गरेका छन् । स्वास्थ्य बीमाको सुविधा यहाँका ठूला अस्पतालमा हुँदा बिरामीलाई उपचारमा सहज भएको छ । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.