Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १९, २०८३
☰
Logo शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आज तपाईंको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ९. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

समय अगावै महिनावारी हुनु साँच्चै खतरनाक हो ?

काठमाडौँ, २० असार –

केही दशक अघिको तुलनामा अहिले किशोरीहरू कम उमेरमै महिनावारी भइरहेका छन् । प्रदूषित हावाका कारण यस्तो भएको हो भनेर भनिन्छ । केही दशकदेखि विश्वका विभिन्न देशका वैज्ञानिकहरूले अघिल्लो पुस्ताको तुलनामा किशोरीहरू कम उमेरमा युवावस्थामा प्रवेश गरिरहेको तथ्यलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् ।

केटीहरू पहिलो पटक महिनावारी हुनुलाई वैज्ञानिकहरूले रजस्वला भनेका छन् । किशोरावस्थाका अन्य विशेषताहरू छिटै देखिन थाल्छ । एक अनुमान अनुसार अहिले अमेरिकी किशोरीहरूको महिनावारी एक शताब्दीअघिका किशोरीहरूको तुलनामा चार वर्ष पहिले सुरु भइरहेको छ । मेमा जारी गरिएको नयाँ तथ्याङ्कअनुसार सन् १९५० र १९६९ को बिचमा जन्मेका केटीहरूको महिनावारी सामान्यतया १२.५ वर्षको उमेरमा सुरु हुने गरेकोमा सन् २००० को सुरुमा जन्मिएका केटीहरूमा यो उमेर औसत ११.९ वर्ष थियो ।

छिट्टै महिनावारी हुनुको अर्थ

अमेरिकामा मात्रै होइन विश्वभरि नै यस्तो प्रवृत्ति देखिएको छ । दक्षिण कोरियाली वैज्ञानिकहरूले केटीहरूमा समयपूर्व यौवनका लक्षण कसरी देखा पर्न थाल्यो भनेर चिन्ता व्यक्त गरेका छन् । यी वैज्ञानिकहरूका अनुसार छिटै किशोरावस्थामा प्रवेश गर्ने वा आठ वर्षको उमेर नपुग्दै महिनावारी हुने घटना सन् २००८ देखि २०२० सम्म १६ गुणा बढेको छ । अमेरिकाको अटलान्टास्थित एमोरी युनिभर्सिटीका एसोसिएट प्रोफेसर अड्रे गास्किन्स भन्छिन्, ‘हामीले यो पनि देखिरहेका छौँ कि कम उमेरमै युवावस्थामा प्रवेश गर्ने क्रम तल्लो सामाजिक–आर्थिक समूह र जातीय अल्पसङ्ख्यक समूहहरूमा बढी छ । दीर्घकालीन अवधिमा यसले स्वास्थ्यमा ठुलो असर पुर्‍याउनेछ ।’

युवावस्थाको प्रारम्भिक सुरुवातले अन्य धेरै कुराहरू परिवर्तन गर्ने र वयस्कतामा दूरगामी परिणाम निम्त्याउने सक्ने ग्यास्किन्स लगायत अनुसन्धानकर्ताहरूको मुख्य चिन्ता छ । यसले प्रजनन क्षमता त कम हुन्छ नै छिटै रजोनिवृत्ति (मेनोपज) गराउने र यसको असर उमेरमा पनि पर्न सक्ने तथ्याङ्कले देखाउँछ । समयपूर्व यौवनावस्थामा प्रवेश हुनुलाई स्तन र पाठेघरको क्यान्सर, मोटोपना, टाइप २ मधुमेह र मुटुसँग सम्बन्धी अन्य रोगहरू जोडेर हेर्ने गरिएको छ ।

यसको कारण अनेक हुन सक्छ

यस्तो किन हुन्छ भनेर वैज्ञानिकहरूले अझै पनि बुझ्ने कोसिस गरिरहेका छन् । क्यालिफोर्निया विश्वविद्यालयका जनस्वास्थ्यका प्राध्यापक ब्रेन्डा स्केनाजीले यसको कारण बताएकी छिन् । शरीरका कोशिकाहरू लामो समयसम्म एस्ट्रोजेन जस्ता सेक्स हर्मोनको सम्पर्कमा रहे भने यसबाट ट्युमर बढ्ने जोखिम बढ्न सक्छ । किनकि यो हर्मोनले कोशिकाहरूको वृद्धि गराउँछ । उनी भन्छिन्, ‘साथै, केही सिद्धान्तका अनुसार लामो समयसम्म हर्मोनको सम्पर्कले प्रजनन क्यान्सरको जोखिम बढाउन सक्छ ।’

यसबाहेक सामाजिक रूपमा पनि कुराहरू हेरिन्छ । छिटै किशोरावस्थामा प्रवेश गर्ने केटीहरू छिटै यौन रूपले सक्रिय हुने सम्भावना बढी हुने पनि स्केनाजी बताउँछिन् । उनी भन्छिन्, ‘अमेरिकामा अवैध रूपमा गर्भपतन भइरहेको छ र गर्भ निरोधक साधन उपलब्ध छैन, यो डरलाग्दो अवस्था हो । यसले किशोर किशोरीहरूमा अनिच्छित गर्भधारणको सङ्ख्या बढ्नेछ, अवस्था डरलाग्दो छ ।’ यौवनावस्था शरीरमा दुई महत्त्वपूर्ण सञ्चार सञ्जालका कारण सुरु हुन्छ, जसलाई हाइपोथ्यालेमिक–पिट्युटरी–एड्रेनल (एचपीए) र हाइपोथैलेमिक–पिट्युटरी–गोनाडल (एचपीजी) अक्ष भनिन्छ ।

यसले मस्तिष्कको हाइपोथैलेमस भनिने भागलाई जोड्छ । हाइपोथ्यालेमसले भोकदेखि तापक्रमसम्म नियन्त्र गर्नुको साथै र शरीरका अन्य कार्यहरूलाई अलग अलग हर्माेन–श्राव ग्रन्थीको साथमा नियन्त्रित गर्छ । १० देखि २० वर्ष पहिलेसम्म वैज्ञानिकहरू छिटै यौवनावस्था देखिनुको एक मात्र कारण बाल्यकालको मोटोपन हो भन्ने विश्वास गर्थे । तर अहिले आएर यसको केवल यही एक मात्रै कारण होइन र यसको पछाडि अन्य धेरै कारकहरू पनि छन् भन्ने थाहा भएको छ ।

वायु प्रदूषण महत्त्वपूर्ण कारण हुन सक्छ

पछिल्ला तीन वर्षमा गरिएका अन्य धेरै अध्ययनहरूले एउटा अचम्मको कारणतर्फ औँल्याएका छन्, त्यो हो वायु प्रदूषण । यी अनुसन्धान धेरैजसो दक्षिण कोरियाली वैज्ञानिकहरूले गरेका छन् । आईक्यूएयर इन्डेक्सका अनुसार सियोल, बुसान र इन्चेन विश्वका १०० सबैभन्दा प्रदूषित सहरहरूमा पर्छन् । सियोलको इवा वुमेन्स युनिभर्सिटीले हालै एउटा समीक्षा प्रकाशित गरेका थिए । सो समीक्षामा प्रदूषक र किशोरीहरूमा छिटै यौवनावस्था देखिनुबीचको सम्बन्धबारे लेखिएको छ । यसका केही महत्त्वपूर्ण कारणहरू सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड र ओजोन जस्ता विषाक्त ग्यासहरू हुन् । यी ग्यासहरू सवारीसाधनबाट निस्कने धुवाँ र उत्पादन कारखानाबाट निस्कने फोहोरबाट वातावरणमा आउँछन् ।

सन् २०२२ मा पोल्यान्डमा एउटा अध्ययन गरिएको थियो । कोइला जलाउने कारखानाहरूको कारण पोल्यान्डको वायु गुणस्तर अति नै खराब छ । यो अध्ययनमा १ हजार २५७ महिलाको तथ्याङ्क जाँच गरिएको थियो । यस क्रममा नाइट्रोजन ग्याससँगको उच्च सम्पर्क र ११ वर्षको उमेरअघिको महिनावारीबिच एक सम्बन्ध पाइएको थियो । सायद यो भन्दा ठुलो समस्या पार्टिकुलेट म्याटर कण (पीएम कणहरू) हो । यी यति साना हुन्छन् कि देखिँदा पनि देखिँदैनन् ।

यी पीएम कणहरू निर्माण स्थलदेखि जङ्गलमा लागेको आगो, बिजुली उत्पादन केन्द्र, सवारी साधनको इन्जिन र धुलै धुलो कच्ची सडकसम्मका स्रोतहरूबाट हावामा आउँछन् । जो केटीहरू आमाको गर्भमा वा बाल्यकालमै पीएम २.५ र पीएम १० पार्टिकल्सको सम्पर्कमा आउँछन्, उनीहरूको महिनावारी सानै उमेरमा हुने आशङ्का बढ्ने अक्टोबर २०२३ मै ग्यास्किन्स र सहकर्मीहरूले फेला पारेका थिए ।

कहीँ पनि पुग्न सक्छ पीएम २.५ कण

‘पीएम २.५ कणहरू सजिलै रगतमा पनि छिर्न सक्छन् । सास फेर्दा यी कणहरू फोक्सोमा पुग्छन् । ठुला कणहरू जसरी यी कणहरू फिल्टर हुँदैनन् अनि शरीरका अन्य अङ्गहरूमा पुग्न सक्छन् । हामीले केही पीएम २.५ कण प्लेसेन्टा, भ्रूणका तन्तु र अण्डाशयमा जम्मा भएको देखेका छौँ, तिनीहरू सबै ठाउँमा पुग्न सक्छन् ।’ ग्यास्किन्स भन्छिन् । घर भित्रको हावाबाट लिइएको नमुनाहरूको अध्ययनले पनि यी कणमा पाइने रसायनहरूले शरीरको वृद्धिको लागि महत्त्वपूर्ण हार्मोनलाई असर गर्न सक्छ, जसले युवावस्थाको प्रारम्भिक सुरुवात हुन सक्छ भन्ने देखाएका छन् ।

‘यो हाम्रो प्रारम्भिक मूल्याङ्कन हो जुन केटीहरू पीएम–२.५ कणहरूसँग बढी सम्पर्कमा आएका थिए उनीहरूमाथि अन्य रसायनहरूले पनि असर गरे, जसले शरीरमा यस्ता परिवर्तनहरू ल्याए कि यौवनावस्थाको शुरुवात छिटै भयो ।’ ग्यास्किन्स भन्छन् । कम उमेरमै केटीहरूको शरीरमा परिवर्तन हुनुको पछाडि धेरै कारकहरू हुन सक्ने उनी भन्छिन् । पीएम–२.५ र अन्य प्रदूषकको भूमिका एउटा उदाहरण मात्र हो भन्ने उनको विश्वास छ ।

हाम्रो बदलिँदै गइरहेको संसार र बालबालिकाको विकासमा यसको प्रभावबारे हामीहरूलाई अझै पनि धेरै कुरा थाहा छैन नभएको स्केनाजी भन्छिन् । माइक्रो प्लास्टिक र जलवायु परिवर्तन जस्ता कारकहरूको भूमिकाबारे हामी धेरै हदसम्म अनभिज्ञ रहेको उनको भनाइ छ । “मलाई लाग्छ कि हामी अझै धेरै कम जान्दछौँ,“ उनी भन्छिन् । तातिँदै गएको जलवायुले कसरी रजस्वला प्रभावित भइरहेको छ भन्ने हामीलाई अझै पनि थाहा नभएको उनी बताउँछिन् । एजेन्सी

Chitwan Aaja चितवन आज
बिहिबार, असार २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी
बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर
तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

ताजा समाचार

सबै

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आज तपाईंको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.