Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, बैशाख ०७, २०८३
☰
Logo सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५. मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ७. ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

  • ८. राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

  • ९. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • १०. दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

सन्जु आत्महत्या प्रकरण: भारोत्तोलन खेल क्षेत्रलाई अपूरणीय क्षति

–रमेश सुवेदी
काठमाडौं, २७ वैशाख-

सोमबार एकाबिहानै खेलकुद क्षेत्रले ठूलो क्षति बेहोर्नु पर्‍याे । घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की भारोत्तोलन तर्फ स्वर्ण पदक विजेता सन्जु चौधरीले सुतेको कोठामा आत्महत्या गरिन् ।

अघिल्लो रात खेलाडी साथी, संघका पदाधिकारी र प्रशिक्षक साथ रमाइलो गर्दै खानपिन गरेकी सन्जु सोमबार बिहानै कोठामा झुन्डिएको अवस्थामा भेटिइन् । जसले नेपाली खेलकुद यतिबेला तरंगित भएको छ । आखिर किन सन्जुले आत्महत्या गरिन् ।

उनले राति अबेर फेसबुकमा गरेको ‘मिसिङ यु लभ’ पोष्टले भने केही संकेत गरेको छ, जुन अनुसन्धानले पछि बताउने नै छ ।

सन्जुको घर नेपालगन्ज हो । लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदपछि सन्जुले काठमाडौं बसेर आफ्नो जागिर र खेलकुदलाई अगाडि बढाएकी थिइन् । नेपाल पुलिस क्लबमा आवद्ध सन्जुले यसै वर्षमात्रै जागिरबाट टाढा रहने निर्णय गरेकी थिइन् ।

पछिल्लाे समय उनी तत्काललाई स्थगित भएको चीनमा आयोजना हुने १९औं एसियन गेम्सको तयारीमा थिइन् । प्रशिक्षक सञ्जय महर्जनको ललितपुरस्थित लुभुमा रहेको घरमा रहेर प्रशिक्षण गर्दै आएकी थिइन् । प्रशिक्षणसमेत राम्रो भइरहेको सन्जुले प्रतिक्रिया दिँदै आएकी थिइन् ।

तर अघिल्लो रात मात्रै सँगै खाना खाएकी सन्जुको मृत्युको खवरले भारोत्तोलन संघ मात्रै हैन, पूरा खेलकुद क्षेत्र नै स्तब्ध छ ।

‘मैले छनोटपछि हिजो मात्रै भेटेको थिएँ । पौने ९ बजेसम्म सँगै थियौं । केही भएको थिएन । उसैले हामीलाई खाना खुवाएकी हो,’ नेपाल भारोत्तोलन संघको अध्यक्ष राम श्रेष्ठ (बोस) ले न्युज कारखानासँग भने ।

श्रेष्ठको संघअन्तर्गत रहेका सन्जुका साथी, खेलाडी, प्रशिक्षकलगायतलाई समेत सोधेका छन् । सन्जु कोठामा झुन्डिएको खवर श्रेष्ठलाई बिहान पौने ६ बजे नै प्रशिक्षक महर्जनले जानकारी गराएका थिए । त्यसलगत्तै महर्जनको घरमा पुगी श्रेष्ठले पुलिसलाई खबर गरेका हुन् ।

सन्जु भारोत्तोलन महिलातर्फ स्वर्ण पदक जिताउने ऐतिहासिक खेलाडीसमेत हुन् । उनले १९ वर्षको उमेरमै स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित महिलातर्फ पहिलो स्वर्ण पदक जित्न सफल भएकी थिईन् ।

पोखरामा भएको भारोत्तोलनमा सन्जुले ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पारेकी थिइन् । क्रिकेट र एथ्लेटिक्स हुँदै सन्जु भारोत्तोलनमा प्रवेश गरेकी हुन् । घरेलु प्रतियोगिताको रूपमा सातौं राष्ट्रिय खेलकुद-२०७३ खेलेकी सन्जु गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा समेत थिइन् ।

सन्जुले अन्तर्राष्ट्रिय स्तरमा इन्डोनेसियाको राजधानी जाकर्तामा भएको १८औं एसियन गेम्स खेलेकी थिइन् । जहाँ केही राष्ट्रिय कीर्तिमानसमेत राखेकी थिइन् । यस्तै १३औं सागका साथै उज्वेकिस्तानमा भएको एसियन भारोत्तोलन च्याम्पियनसिपसमेत खेलेकी थिइन् ।

आगामी १९औं सागमा समेत भारोत्तोलन संघ र नेपाल सरकारले सन्जुबाट ठूलो आशा गरेको थियो । १९ वर्षमा सागको स्वर्ण पदक जितेर इतिहास कायम गरेकी सन्जुकाे मृत्युले देशलाई अपूरणीय क्षति पुगेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘हामीलाई अपूरणीय क्षति भएको छ । सन्जु भारोत्तोलनमा हाम्राे खम्बा हो । राम्रो खेलाडी हो । हामीले धरै अपेक्षा गरेका थियौै । इतिहास पनि ऊ (सन्जु)सँग थियो,’ उनले भने, ‘१९ वर्षमा स्वर्ण पदक जित्नु यो जत्तिको ठूलो उपलब्धि हुनै सक्दैन । राष्ट्रको लगानी, संघको लगानी र स्वयं खेलाडीको पनि मेहनत थियो । ऊ (सन्जु) सँग सरकार भनौं या राखेप सबैले धेरै आशा गरेको थियो ।’-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

ताजा समाचार

सबै

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

असिनाले ७४ सवारीसाधनमा क्षति

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

नेपालमा बर्डफ्लुको महामारीः १ लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५.
    मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.