काठमाडाैं, साउन २९
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधि सभामा अवरोध कायमै राखेको छ । सोमवार बसेको बैठकको बैठकमा एमालेले नाराबाजी गरेको हो ।
एमालेले करिब सय किलो सुन बरामद प्रकरणको छानबिन गर्न उच्च स्तरीय सिमिति बनाउन माग गरेको छ । एमाले सांसदहरूले उठेर सुन तस्करीमा संलग्नलाई कारवाही गर् भनेर नाराबाजी गरेका हुन् ।
सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय सिमिति बनाउन माग गर्दै एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।
एमालेले निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आगामी भदौ ३ गते बस्नेगरी बैठक स्थगित गरेका छन् ।
यसअघि पनि एमालेको अवरोधका कारण बैठक स्थगित हुँदै आएको थियो । एमालेले सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






