काठमाडाैं, साउन २६
कांग्रेस सांसद सुनिल शर्मालाई तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माले सांसद शर्मालाई तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् ।
‘तारेखमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश भएको छ’ काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले भने ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सांसद शर्मालाई बिहीवार काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको थियो । म्याद थपका लागि अदालत लगिएकोमा न्यायाधीशले थुनामुक्त गर्न आदेश दिएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लिखत किर्ते मुद्दामा प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न ७ दिनकाे म्याद थपका लागि अदालतमा शर्मालाई उपस्थित गराएकाे थियाे ।
तर अदालतले उनलाई हिरासतमा नराखी साधारण तारेखमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश गरेकाे हाे ।






