काठमाडौँ, २६ साउन
नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई म्याद थपका लागि अदालत लगिँदैछ ।
अदालत लग्नुअघि शर्मालाई शुक्रवार बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ । प्रहरी भ्यानमा सरकारी वकिलको कार्यालयमा पुर्याइएका शर्माले अभिवादन गर्दै निस्किएका थिए ।
एमबीबीएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा छानबिनका लागि उनलाई सीआईबीले बिहीवार काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा अहिलेसम्म उनीसहित ८ जना पक्राउ परेका छन् । सीआईबीले फोक्सट्रोट चार्ली अपरेसन अन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।






