Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

लम्पी स्किनबाट लुम्बिनीमा साढे पाँच हजार बढी पशुको मृत्यु, घट्दै सङ्क्रमण

भैरहवा, २२ साउन
विसं २०७७ साउन ७ गते लुम्बिनी प्रदेशको रूपन्देहीमा पहिलो पटक लम्पी स्किन रोगको पहिचान भएको थियो । त्यसयता लुम्बिनी प्रदेशमा पाँच हजार सात सय ४८ पशुको मृत्यु लम्पी स्किनकै कारण भएको छ । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ व्यापकरूपमा फैलिँदा लुम्बिनी प्रदेशका पशुपालक प्रभावित बनेका छन् । यद्यपि यस रोगबारे जनचेतना वृद्धिका साथै खोपको व्यापक प्रयोगले लुम्बिनीमा लम्पी स्किनको सङ्क्रमण तुलनात्मकरूपमा घटेको सरकारी अधिकारीहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट कूल एक लाख ८० हजार नौ सय ७८ वटा पशु सङ्क्रमित भएको लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले तथ्याङ्क उपलब्ध गराएको छ । लुम्बिनीमा सबैभन्दा बढी बाँकेमा ४० हजार आठ सय एक पशुमा यो रोगको सङ्क्रमण देखिएको निर्देशनालयका निमित्त निर्देशक परवेज आलमले जानकारी दिनुभयो । सबैभन्दा कम नवलपरासीमा चार सय ९७ पशुमा रोगको सङ्क्रमण देखिएको छ । प्यूठानमा ३४ हजार सात सय १५, रोल्पामा ३० हजार नौ सय ३२, दाङमा २८ हजार सात सय ८४, रुकुममा १२ हजार तीन सय चार, कपिलवस्तुमा आठ हजार एक सय तीनवटा पशुमा लम्पी स्किन सङ्क्रमण देखिएको छ ।

यस्तै अर्घाखाँचीमा सात हजार ९१, रूपन्देहीमा छ हजार आठ सय ८७, पाल्पामा छ हजार पाँच सय ७९, गुल्मीमा तीन हजार चार सय ५८ र बर्दियामा आठ सय २७ वटामा रोगको सङ्क्रमण रहेको आलमले बताउनुभयो । लुम्बिनीमा लम्पी स्किन रोगबाट सबैभन्दा बढी पशु मृत्यु हुनेमा रोल्पा रहेको छ । रोल्पामा दुई हजार ५४ वटा पशुको मृत्यु भएको छ । सबैभन्दा कम नवलपरासीमा २३ वटा पशुको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई अभियानका रूपमा सञ्चालन गरिरहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख आलमले बताउनुभयो । उहाँले निर्देशनालय आफँैले र स्थानीय तहहरूको समन्वयमा सबै जिल्लामा खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । “यसका लागि हामीले प्रदेशमा छ सय ३८ जना प्राविधिकहरू परिचालन गरेका छौँ”, आलमले भन्नुभयो, “खोप खरिद र औषधि उपचारका लागि भनेर अहिले रु दुई करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर माग गरेका छौँ ।”

निर्देशनालय र स्थानीय तह गरी प्रदेशमा अहिलेसम्म ४४ हजार दुई सय ५० पशुलाई खोप लगाइएको आलमले जानकारी दिनुभयो । यसैगरी कार्यालयबाट र स्थानीय तह गरी एक लाख नौ हजार नौ सय पशुको रोगको उपचार गरिएको छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई यहाँका स्थानीय तहहरूले पनि अभियानका रूपमा अगाडि बढाएका छन् । किसानलाई मर्का पर्न नदिन एवं चौपायाको संरक्षणका लागि पालिकाहरूले नीति तथा कार्यक्रममार्फत नै बजेट छुट्याएर खोपको व्यवस्थापन गरेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिकालगायतले खोपको कामलाई तीव्र बनाएका छन् ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले चौपायाको संरक्षण गर्न सकेमात्र पनि किसानलाई ठूलो नोक्सानीबाट जोगाउन सकिने बताउनुभयो । “किसानको आर्थिक स्थिति बलियो भएन भने नेपालकै आर्थिक स्थिति राम्रो हुन सक्दैन भन्ने हामीलाई लागेर लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गरेका छौँ”, खाँणले भन्नुभयो, “अहिले गाईका लागि निःशुल्करूपमा यो खोपको थालनी गरेका छौँ, यसले किसानका गाईलाई बचाउन सक्छौँ भन्ने हामीलाई विश्वास छ ।”

नेपालमा सबैभन्दा बढी गाईमा यो रोग देखिएको छ । यस्तै भैँसी, बाच्छा–बाच्छी, गोरु, पाडा–पाडीमा पनि यो रोग देखिएको छ । सुत्केरी अवस्थामा रहेका पशु, रोगी एवं बिरामी पशु र धेरै दूध दिने पशुहरूमा भएको सङ्क्रमणले ज्यान लिने गरेको छ । रोग लागेका पशुहरूको रोग प्रतिरोधी क्षमता कम हुने हँुदा ज्यानै नगए पनि उनीहरू बाँझो हुने सम्भावना रहेको पशु चिकित्सकहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशमा पाँच हजार छ सय ७६ वटा भैँसीमा पनि लम्पी स्किनको सङ्क्रमण देखिएको छ । यसबाट ६३ वटा भँैसीको मृत्यु भएको छ भने ४३ हजार पाँच सय ५३ वटाको उपचार गरिएको छ । यस्तै, एक हजार तीन सय ३२ वटा भँैसीलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ ।

रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने यो रोगको सङ्क्रमण लागेका पशुहरूलाई उच्च ज्वरो आउने, नलीका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरू आउने हुन्छ । यस्तो खटिराहरू नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरू बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ । यस्तो सङ्क्रमणका कारण दूध उत्पादन घट्ने र सङ्क्रमित पशुको मृत्यु नै हुने गरेको छ । (रासस)

Chitwan Aaja चितवन आज
सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने
दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

ताजा समाचार

सबै

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.