काठमाडाैं जेठ ११,
नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा आज बिहीवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीवार काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीवार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ ।










