काठमाडाैं जेठ १०,
संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधवार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् ।
सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बिहान ११ बजे बस्नेछ ।










