काठमाडाैं जेठ ७
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लागेकी कांग्रेस सांसद मञ्जु खाँणलाई सोधपुछ गर्न माग गरेका छन् ।
आइतवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै शाहले शरणार्थी प्रकरणमा मुछिएको आरोप लागेपछि उनलाई सोधपुछ गरियो कि गरिएन भन्दै प्रश्न उठाएका हुन् ।
त्यस्तै, यो प्रकरणमा नाम जोडिएका अन्य सांसदमाथि सोधपुछ भए/नभएको विषयमा पनि उनले ध्यानाकर्षण गराएका छन् ।
शाहले नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी ओलीले खोल्ने भनेको रहस्य के हुन्छ हुन्छ भन्नेबारे पनि प्रष्ट पार्न माग गरेका छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










