चितवन, १२ वैशाख-
चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् ।
मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने `लब्ली´ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने `लब्ली´ रहेका छन् ।
भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएकाे थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।- न्युज कारखाना