२५ वैशाख, चितवन
चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले फुटालेको छ ।
आज सोमबार दिउँसो ताला फुटालेर प्रशासनले क्याम्पस प्रशासनलाई सहयोग गरेको हो ।
स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो ।
क्याम्पसको मुल भवनमै तालाबन्दी हुँदा पठपाठन हुन नसकेको मात्र होइन परीक्षा समेत हुन सकेको थिएन । पाँचौ सेमेष्टरको परीक्षा चैत २६ बाट सुरु भएर सकिसकेको छ । यसैगरी सातौं सेमेष्टरको परीक्षा बैशाख ७ गतेबाट सुरु भएको छ । यी परीक्षा देशका अन्य आंगिक क्याम्पसमा धमाधम परीक्षा भइरहँदा रामपुर क्याम्पसमा भने नेविसंघले गरेको तालाबन्दीका कारण हुन सकेको थिएन ।
त्यसपछि विद्यार्थीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना बसेपछि उनीहरुको माग संवोधन गर्दै सरकारले तालाबन्दी फुटालेर पठनपाठन सुचारु गराउन पहल गरेको छ ।
ताला फुटाएपछि विद्यार्थीहरुको पठनपाठन र परीक्षाका कामहरु अगाडि बढाउने क्याम्पस प्रशासनले जनाएको छ ।