तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख २०
१ महिनादेखि तालाबन्दी हुँदा चितवनमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा अध्ययनरत विद्यार्थी आफ्नो सेमेष्टरको अन्तिम परीक्षा दिनबाट वञ्चित भएका छन् ।
देशका अन्य आंगिक क्याम्पसमा धमाधम परीक्षा भइरहँदा रामपुर क्याम्पसमा भने नेविसंघले गरेको तालाबन्दीले परीक्षा अनिश्चित मात्र बनेको छैन विद्यार्थीकै भविष्यमाथि खेलबाड भएको छ ।

आफूहरुले परीक्षा दिन पाउनुपर्ने र नियमित पठनपाठन हुनुपर्ने माग राख्दै विद्यार्थीहरु आज जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको छन् । विद्यार्थीहरुले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै तालाबन्दी खोली पढ्ने वातावरण बनाइदिन माग गरेका छन् ।