काठमाडाैं बैशाख २५,
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानमा खराबी आएपछि भैहरवा नै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।
बिहान ९:४० मा काठमाडौंका लागि उडेको विमान केहीबेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएर आकस्मिक अवतरण गरेको हो ।
ल्यान्डिङ गेयरको इन्डिकेसनमा समस्या देखिएपछि १० मिनेटमै भैरहवा फर्काइएको श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।
यता गौतमबुद्ध विमानस्थलका जनरल म्यानेजर हंशराज पाण्डेले पनि विमानमा समस्या आएको थाहा पाएको र आफू पुग्दै गरेको बताए ।
विमानमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल रहेको श्री एयरलाइन्सले जनाएको छ । थप विवरण आउन बाँकी नै छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










