काठमाडाैं बैशाख २४,
धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियास्थित गोगलप्रसाद नमुना मावि अगाडिको पोखरीमा डुबेर शनिवार राति दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर विक्रम शाहले जानकारी दिए ।
उनका अनुसार पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुलको मृत्यु भएको हो ।
उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको उनले बताए ।










