Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

चितवनका व्यवसायी भन्छन्ः राज्यको नीतिले अर्थतन्त्र डामाडोल

चितवन ,मङि्सर २६ –
उद्योगी तथा व्यवसायीहरूले देशमा अर्थतन्त्र डामाडोल भएको बताएका छन् । सोमबार उद्योग वाणिज्य संघ चितवनको ५६औँ वार्षिक साधारणसभाका क्रममा उद्योगी, व्यवसायीले राज्य संयन्त्रले निजी क्षेत्रलाई संरक्षण गर्न नसक्दा देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताएका हुन् । देशको अर्थतन्त्र खस्किँदा निजी क्षेत्रमा लगानी गर्न चाहनेहरू पनि डराउनुपर्ने अवस्थामा आइपुगेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । उनका अनुसार विशेष गरी साना तथा मझौला उद्योगी व्यवसायी सबैभन्दा मर्कामा परेका छन् ।

‘सरकारले राष्ट्र बैंकलाई गरेको जस्तो संरक्षण निजी क्षेत्रलाई पनि गरिदिएको भए देशको अर्थतन्त्र यति कमजोर हुने थिएन,’ उनले भने, ‘तर, बैंक र बैंकर्सलाई मात्रै संरक्षण गर्दा देशको उत्पादनमा गिरावट आएको छ । यसले गर्दा अर्थतन्त्र डामाडोल भयो ।’ निजी क्षेत्रलाई लगानी गर्ने वातावरण नबनाएसम्म देशको अर्थतन्त्रमा सुधार नहुने उनले बताए । ‘अहिले लगानीकर्ताको निद हराम भएको छ,’ उनले भने, ‘राज्यकै संरक्षण नपाएपछि निजी क्षेत्रका लगानीकर्ता सुरक्षित हुने कुरै भएन ।’

महासंघका अर्का उपाध्यक्ष रामचन्द्र संघाईले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरेर देशभित्रै रोजगारी सिर्जना गर्न नसकेसम्म देशको अर्थतन्त्र माथि उकासिन नसक्ने दाबी गरे । ‘युवाजति सबै विदेश पलायन हुने, नेपालमा लगानी गर्दा लगानीकर्ता पनि डुब्ने भएपछि अर्थतन्त्र कमजोर नहुने कुरै भएन,’ उनले भने, ‘त्यसैले देशको अर्थतन्त्र बलियो बनाउनको लागि स्वदेशभित्रै रोजगारी सिर्जना गर्न राज्यले ध्यान दिनुपर्छ, त्यसको लागि निजी क्षेत्रलाई पनि राज्यले संरक्षण गर्नुपर्छ ।’

महासंघका कार्यकारिणी सदस्य एवम् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले निजी क्षेत्रमाथि लगाइएको चर्को ब्याजका कारण निजी क्षेत्रमा लगानी गर्नेहरू हात धोएर बस्नुपर्ने अवस्था आएको बताए । केही दिनअघि वीरगञ्जमा भएको घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै पूर्वअध्यक्ष प्रधानले भने, ‘बैंकले लागू गरेको चर्को ब्याजदरकै कारण आज उद्योगी, व्यवसायी आत्महत्यासम्मको बाटो रोज्न बाध्य भएका छन् । यस्तो कुरा राज्यले बुझिदिनुपर्छ ।’ चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले निजी क्षेत्रको लागि सरकारले गम्भीर भएर नसोचेसम्म देश विकासले फड्को मार्न नसक्ने दाबी गरे । ‘राज्यले देश विकासमा निजी क्षेत्रको भूमिका सबैभन्दा बलियो छ भन्ने कुरा बिर्सन हुँदैन,’ उनले भने, ‘किनकि निजी क्षेत्र नै हरेक विकास निर्माणमा राज्यको सहयात्री हो ।’ अहिले राज्यले ध्यान नदिँदा देशमा सञ्चालित करिब ४० देखि ४५ प्रतिशत उद्योगधन्दा बन्द भइसकेका उनले बताए ।

राष्ट्र बैंकले निजी क्षेत्रलाई चर्को ब्याज लगाएर व्यवसायबाटै पलायन हुने अवस्थाको सिर्जना गरेको भन्दै देशभरका उद्योगी, व्यवसायी केही समययता आन्दोलित छन् । यही क्रममा सोमबार भएको उद्योग वाणिज्य संघ चितवनको साधारणसभामा अध्यक्ष चुननारायण श्रेष्ठले पुनः सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्र बैंकद्वारा लागू गरिएको चालू पुँजी मार्गदर्शन–२०७९ को व्यवस्थाले देशभरका उद्योगी, व्यवासायीमाथि प्रतिकूल असर परेको भन्दै त्यसलाई कम्तिमा पनि दुई वर्ष लागू गर्न नहुने बताए ।

‘राज्यकै कारण निजी क्षेत्रमा जटिलता थपिएको छ,’ उनले भने, ‘यसले निजी क्षेत्रलाई त घाटा छ नै, राज्य स्वयंलाई समेत क्षति भइरहेको कुरा बिर्सन हुँदैन ।’ सरकारी राजस्वले मुलकको साधारण खर्चसमेत धान्न नसक्ने गरी मुलुकको अर्थतन्त्र संकटउन्मुख हुँदै गएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले निजी क्षेत्रको विकासका लागि तीनै तहको सरकारले सकारात्मक प्रयास थाल्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई कमजोर पार्ने काम तीनै तहको सरकारबाट भएको छ । यसप्रति तीनै तहको सरकार सँच्चिएर जानुपर्छ,’ उनले भने । देशको अर्थतन्त्रलाई माथि उठाउनको लागि केही गर्न नसके पनि विदेशबाट आउने कच्चा पदार्थको आयात कम गर्न स्वदेशमै कच्चा पदार्थको उत्पादन बढाउन सकिने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले भने निजी क्षेत्रको हितकै लागि करको दरभन्दा पनि दायरा फारकिलो बनाएर काम गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । ‘हामीले महानगरबाट करको दायरा फराकिलो बनाउँदै लगेका छौँ,’ उनले भने, ‘करको दायरामा नआएका उद्योगी व्यवसायीलाई पनि समेट्ने प्रयास चलिरहेको छ ।’ वि.सं.२०१६ सालमा स्थापना भएको उद्योग वाणिज्य संघमा हाल तीन हजार ७४१ सदस्य आवद्ध छन् ।

फेन्सी व्यवसायी संघलाई सम्मान
संघको ५६औँ वार्षिक साधारणसभाको अवसरमा फेन्सी व्यवासयी संघ चितवन सम्मानित भएको छ । संघले यसवर्षको उत्कृष्ट वस्तुगत संघ भनेर फेन्सी व्यवसायी संघलाई सम्मान गरेको कार्यक्रम संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष सिरीष पन्तले जानकारी दिए । उनका अनुसार संस्थाको सदस्य संख्या, भौतिक पूर्वाधार विकास, संघमा आवद्धता तथा कार्यक्रममा देखाएको सहभागीता, सामाजिक उत्तरदायित्व, आर्थिक स्रोत परिचालन, सचिवालय व्यवस्थापनलगायतको मूल्यांकनको आधारमा फेन्सी व्यवसायी संघलाई सम्मान गरिएको हो । उद्योग वाणिज्य संघमा हाल ३५ वटा वस्तुगत संघ आवद्ध छन् ।

मोवाइल एप सार्वजनिक
उद्योग वाणिज्य संघ चितवनले पहिलोपटक मोवाइल एपमार्फत संघको हरेक गतिविधि सार्वजनिक गर्ने प्रयास गरेको छ । संघको ५६औँ वार्षिक साधारणसभाको अवसर पारेर सोमबार उद्योग वाणिज्य संघको ‘सिसिआइसी एप’ सार्वजनिक गरिएको हो । संघमातहतको वस्तुगत संघ ‘कम्प्युटर एसोसिएसन महासंघ नेपाल चितवन’सँगको सहकार्यमा निर्माण गरिएको एपमार्फत संघको हरेक गतिविधि आम सर्वसाधारणले समेत थाह पाउने कार्यक्रम एप निर्माण संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले जानकारी दिए । उक्त एपबाट संस्थाको नयाँ सदस्यता वितरण, सदस्यता नवीकरण, सूचना प्रवाह, व्यवासायिक बजार प्रवद्र्धनलगायतका संस्थागत फाइदा हुने उनले बताए ।

‘उद्योग वाणिज्य संघ’ सार्वजनिक
संघले ५६औँ वार्षिक साधारणसभाको अवसरमा विगतका वर्षजस्तै यसवर्ष पनि ‘उद्योग वाणिज्य सन्देश’ नामक विशेष बुलेटिन–२०६९ प्रकाशन गरेको छ । संस्थाले गरेको हरेक गतिविधिलाई संस्थाका सदस्यसम्म पु¥याउने लक्ष्यसहित बुलेटिन प्रकाशन गरिएको बुलेटिन प्रकाशन समितिका संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिए । उक्त बुलेटिन सोमबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

चितवन महोत्सवको तयारी
उद्योग वाणिज्य संघ चितवनले हरेक दुई÷दुई वर्षमा हुने चितवन महोत्सवको १४औँ संस्करणको तयारी थालेको छ । आउँदो पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने महोत्सवको आन्तरिक तयारी चलिरहेको संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए । प्रदर्शनी मैदान नारायणी नदी किनारमा हुने महोत्सवको लागि मैदान सम्याउनेलगायतका बाहिरी कामसमेत भइरहेको उनले बताए । चितवनको गरिमा र गौरवको आयोजना मानिँदै आएको महोत्सवबाट यसपटक पनि कृषि र पर्यटनले प्राथमिकता पाउने अध्यक्ष श्रेष्ठले बताए ।

Chitwan Aaja चितवन आज
सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार
रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

ताजा समाचार

सबै

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    सुक्खाले बढायो डढेलो र प्रदूषण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.