चितवन, साउन २८
पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता जग्गानाथ पौडेलले कांग्रेसको मुलधार भनेको अरु पार्टीको बैसाखी टेक्नु हो भनि प्रश्न गरेका छन् ।
पार्टीले कारबाही गरेका जग्गनाथ पौडेलसहितका नेताहरुलाई चितवन कांग्रेसले बिचार समूहको नाममा अलग गतिबिधि नगर्न र पार्टीकै मुलधारमा समावेश हुन आग्रह गरेको थियो । कारबाही फुकुवा हुने बताउँदै पार्टीले यस्ता गतिविधि नगर्न हिजो आग्रह गरेको थियो ।
चितवन काँग्रेसले असन्तुष्ट समूहलाई भन्यो,– ‘कारबाही फिर्ता हुन्छ, थप गतिविधि नगर्नुस्’
उक्त आग्रहप्रति प्रतिक्रिया दिँदै जग्गनाथ पौडेलले मुलधार भनेको अरु पार्टी अर्थात माओवादीको बैसाखी टेक्नु हो ? भन्दै प्रश्न गरेका छन् । पौडेलले आज यस्तो प्रतिक्रिया दिएका हुन् । हेर्नुहोस्, भिडियो ।
तपाईको प्रतिक्रियासम्बन्धित समाचार