चितवन काँग्रेसले असन्तुष्ट समूहलाई भन्यो,– ‘कारबाही फिर्ता हुन्छ, थप गतिविधि नगर्नुस्’

चितवन, साउन २७
नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले पार्टीभित्रको बिबाद समाधानका लागि सहजीकरणको जिम्मेवारी दिएसंगै नेताहरु सकृय भएका छन ।
बिहिबार पार्टीले निर्णय गरेसंगै तयारीमा जुटेका नेताहरुले शुक्रबार औपचारिक छलफल गरेका हुन । केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे सम्मिलित पहिलो दिनको छलफलले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तामाथि गरिएको कार्वाही अविलम्ब फिर्ताका लागि जिल्ला, प्रदेश र केन्द्रमा लेखी पठाउने निर्णय गरेको छ ।

३ नेताको निर्णयबारे जानकारी दिदै केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भने – गत स्थानीय तहको चुनाबका बेला बिशेष परिस्थितिका कारण चितवन काँग्रेसभित्र अन्तरद्वन्द उत्पन्न भयो । अब यो द्वन्द अन्त्यका लागि ईमान्दार नेता कार्यकर्तामाथिको कार्वाही अविलम्ब फुकुवा गरौं भन्ने हाम्रो निश्कर्ष हो । कार्वाही फिर्ताका लागि आफुहरुले पहल थालेकाकाले कुनैपनि बिचार समूहको नाममा अलग गतिबिधि नगर्न र पार्टीकै मुलधारमा समावेश हुन असन्तुष्ट समूहलाई अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाले आग्रह गरे ।