Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

गर्भाशयमा नभएर महिलाको कलेजोमा बच्चा बसेपछि…

भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पश्चिमी क्षेत्रस्थित गाउँमा एउटा अनौठो घटना भएको छ ।

महिलाको गर्भाशयमा नभएर कलेजोमा भ्रूण विकसित भइरहेको थियो । यो घटना बुलन्दशहर जिल्लाको दस्तूरा गाउँमा बस्ने ३५ वर्षीय सर्वेशसँग भएको छ ।

यतिबेला कैयौँ वरिष्ठ डाक्टर तथा अनुसन्धानकर्ताको ध्यान उनीतिर तानिएको छ । सर्वसाधारणसँगै विशेषज्ञहरू पनि त्यस्तो कसरी भयो र सर्वेशको अहिले कस्तो स्थिति छ भन्ने चासो राखिरहेका छन् ।

यस्तै प्रश्नको जबाफ खोज्न बीबीसी हालै सर्वेशको घर पुगेको थियो । बीबीसी प्रतिनिधि उनको घरमा पुग्दा उनी खाटमा सुतिरहेकी थिइन् । उनको पेटमा एउटा चौडा पेटी बाँधिएको थियो र उनलाई यताउता पल्टिन पनि गाह्रो भइरहेको थियो ।

उनको पेटको दायाँतर्फ २१ टाँका लगाइएको छ । डाक्टरले उनलाई गह्रुङ्गो सामान नउचाल्न भनेका छन् । हल्का खाना खान र सकेसम्म धेरै आराम गर्न सल्लाह दिइएको छ ।

खाटमा बसाउनेदेखि शौचालय जान र कपडा फेर्नसम्म सर्वेशलाई उनका पति परमवीरको सहयोग लिनुपर्छ । सर्वेश र उनका पति परमवीरका अनुसार गएका तीन महिना उनीहरूका लागि अत्यन्त कठिन रह्यो ।

‘मलाई अति नै धेरै बान्ता भइरहेको थियो । जहिले पनि थकाइ लाग्ने र दुख्ने भइरहेको थियो ।’ सर्वेशले बीबीसीलाई बताइन् । उनको अवस्था बिग्रँदै गएपछि डाक्टरले अल्ट्रासाउन्ड गर्न भने । त्यसमा केही देखिएन ।

उनले पेटमा सङ्क्रमण भयो भनेर औषधि खाइरहिन् । एक महिना औषधि खाँदा पनि उनको अवस्थामा कुनै सुधार भएन ।

उनी दोस्रो पटक अल्ट्रासाउन्ड गर्न पुगिन् । यसपल्टको रिपोर्टमा देखिएको कुरा यति दुर्लभ थियो कि डाक्टरलाई पनि पत्याउन गाह्रो भइरहेको थियो । अल्ट्रासाउन्ड गरेकी डक्टर सानिया जेहराले सर्वेशलाई उनको कलेजोमा बच्चा रहेको बताइन् । सर्वेश र उनका पति परमवीरका लागि यो स्थिति निकै असहज थियो ।

यो कुरा पुष्टि गर्न उनी बुलन्दशहरबाट मेरठ गइन् र फेरि अल्ट्रासाउन्ड र एमआरआई गराइन् । यो रिपोर्टमा उही कुरा आयो । सर्वेश विश्वास गर्न सकिरहेकी थिइनन् । किनभने उनको महिनावारी सामान्य रूपमा भइरहेको थियो ।

आफ्नो २० वर्षको अनुभवमा यस्तो कहिल्यै नदेखेको एमआरआई गरेका रेडिओलजिस्ट डाक्टर केके गुप्ताले बीबीसीलाई बताए । उनले बारम्बार रिपोर्ट पढे र महिनावारीबारे बारम्बार प्रश्नहरू सोधे ।

‘सर्वेशको कलेजोको दाहिने भागमा १२ हप्ताको भ्रूण थियो । भ्रूणमा मुटुको धड्कनको सङ्केत स्पष्ट रूपमा देखिन थालिसकेको थियो । यस्तो स्थितिलाई इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी भनिन्छ । यो असाध्यै दुर्लभ स्थिति हो । यस्तोमा महिलाको असाध्यै धेरै रगत बग्छ, जसलाई उनले सामान्य महिनावारी भन्ठान्छिन् र त्यसैले पनि गर्भ रहेको पत्ता लाग्न समय लाग्छ ।’ उनले बीबीसीसँग भने ।

भ्रूण बढ्दै गएमा कलेजो फुट्ने खतरा रहेको र त्यस्तो अवस्थामा आमा र बच्चा दुवै नबाँच्ने डाक्टरले दम्पतीलाई बताए । यो अवस्थामा शल्यक्रियाको विकल्प नभएको पनि उनीहरूलाई बताइएको छ । परमवीरका अनुसार बुलन्दशहरमा कोही पनि डाक्टरले उनीहरूको उपचारको जिम्मा लिन चाहेनन् । उनीहरू मेरठ गए, त्यहाँ पनि निराश हुनुपर्‍यो । डाक्टरहरूले त्यो जटिल अवस्था भएको अनि आमा र बच्चा दुवैलाई खतरा रहेको भन्दै दिल्ली जाने सल्लाह दिए । सर्वेशले भनिन्, ‘हामी गरिब छौँ, त्यसैले दिल्ली गएर खर्च गर्न सक्ने स्थिति थिएन । कैयौँ डाक्टरलाई भेटेपछि हामीले यहीँ उपचार गर्ने निर्णय ग‍र्‍याैँ,’ अन्त्यमा मेरठको एक निजी अस्पतालमा डाक्टरहरूको एक टोली सर्वेशको शल्यक्रिया गर्न तयार भयो ।

त्यो टोलीकी एक सदस्य डा. पारुल दहिया भन्छिन्, ‘बिरामी मकहाँ आउँदा उनी तीन महिनादेखि समस्यामा थिइन् । उनीसँग अल्ट्रासोनोग्राफी र एमआरआईको रिपोर्ट थियो । त्यसमा स्पष्ट लेखिएको थियो– यो इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी हो । हामीले वरिष्ठ सर्जन डा. सुनिल कंवलसँग यसबारे कुरा ग‍र्‍याैँ । उनी तयार भए अनि शल्यक्रिया गरियो ।’ डक्टरहरूका अनुसार शल्यक्रिया गर्न डेढ घण्टा लाग्यो । डा. केके गुप्ताले बीबीसीलाई शल्यक्रियाको भिडिओ र भ्रूणको तस्बिर पनि देखाएका थिए ।

दुर्लभ केस

सामान्यतया अण्डाशयबाट निस्केको अण्डा र शुक्राणु एक ठाउँमा आएपछि निषेचन हुन्छ र गर्भ बस्छ ।यो निषेचित अण्डा फलोपिअन ट्यूब हुँदै गर्भाशयमा पुग्छ र गर्भाशयमा नै भ्रूण विकसित हुन्छ । बीएचयूको इन्स्टिट्यूट अफ मेडिकल साइन्सेजकी प्राध्यापक डा. ममताका अनुसार कुनै बेला निषेचित अण्डा गर्भाशयमा नपुगी फलोपिअन ट्यूबमा बसिरहन्छ वा अन्य अङ्गमा टाँसिन पुग्छ ।

जस्तो कि यो घटनामा कलेजोमा टाँसियो । कलेजोमा रगतको राम्रो आपूर्ति हुन्छ त्यसैले सुरुवाती दिनमा भ्रूणका लागि त्यसले राम्रो वातावरणको काम गर्न सक्छ । तर केही समयपछि आमा र बच्चा दुवैका लागि खतरनाक स्थिति बन्न पुग्छ जहाँ शल्यक्रियाबाहेक अन्य विकल्प बाँकी हुँदैन ।

Chitwan Aaja चितवन आज
बुधबार, साउन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.