Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

किन केही श्रीमान् श्रीमतीहरू छुट्टाछुट्टै सुत्दैछन् ?

फर्नान्दा पल (बीबीसी विश्व सेवा)
कोभिड–१९ महामारीअघि त्यस्तो समस्या थिएन। तर महामारीपछि सेसिलिया (परिवर्तित नाम) आफ्ना श्रीमान्‌को घुर्ने बानीका कारण निदाउन सकिनन्। उनले आफ्ना पतिको घुराइ कम गराउने प्रयास स्वरूप उनलाई कोल्टे सुताउने प्रयास गरिन्। तर त्यसले पनि काम गरेन।

ती ३५ वर्षे महिलालाई अब असह्य भयो। अनि उनीहरू एउटा निर्णयमा पुगे। त्यो उनीहरू सँगै र एउटै कोठामा नसुत्ने निर्णय थियो। “म आफ्नो काममा केन्द्रित हुन सकिरहेकी थिइनँ। दिनभरि थकित हुन्थेँ। एक दुई रातको लागि तपाईँ सहन सक्नुहुन्छ तर लामो समयसम्म त्यसरी बाँच्न सकिँदैन,” सेसिलिया भन्छिन्।

“त्यो कहाँ सजिलो विकल्प थियो र! त्यसले हाम्रो मन कुँडियो। तर जब मैले हामी त्यसरी पनि सुत्न सक्छौँ भन्ने महसुस गर्‍यौँ म त्यसपछि खुसी भएँ,” उनी सुनाउँछिन्। सेसिलिया र उनका ४३ वर्षका श्रीमान्‌ले ‘स्लिप डिभोर्स’ अर्थात् छुट्टिएर सुत्ने अभ्यास अपनाएका छन्।

“स्लिप डिभोर्स सुरुमा अस्थायी रूपमा गरिन्छ। तर त्यसपछि जोडीले छुट्टाछुट्टै सुत्दा अझै राम्रोसँग निदाएको महसुस गर्छन्,” अमेरिकास्थित म्याकलिन अस्पतालकी मनोचिकित्सक स्टेफन कोलिअर भन्छिन्। “सामान्यतया त्यसको प्रमुख कारण स्वास्थ्य हो… कोही मानिसहरू घुर्छन्, खुट्टा चलाइरहन्छन्, कोही निद्रामै उठेर हिँड्छन् वा स्वास्थ्यका कारण कोही उठेर शौचालय गइरहन्छन्। यसको असर उनीहरूका जोडीलाई पर्छ,” उनले बीबीसीसँग भनिन्। “त्यसकारण यो नयाँ प्रवृत्ति निकै लोकप्रिय हुँदैछ।”

‘मिलेनिअल्स’हरूमाझ बढ्दो चलन

गत वर्षको अन्त्यतिर एकजना चिरपरिचित अमेरिकी नायिका क्यामरन डिआजले एक पोडकास्टमा आफू र आफ्ना श्रीमान् एउटै कोठामा नसुत्ने गरेको बताएकी थिइन्। “फरक-फरक सुत्ने कोठालाई हामीले सामान्य मान्दै जानुपर्छ भन्ने मलाई लाग्छ,” उनले भनेकी थिइन्।

उनको भनाइले सामाजिक सञ्जालमा हजारौँ प्रतिक्रिया निम्त्यायो। सञ्चारमाध्यममा कैयौँ लेख र टिप्पणीहरू प्रकाशित भए। यद्यपि यो घटना एउटा मात्रै थिएन। अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनको सन् २०२३ को एक अध्ययन अनुसार अमेरिकामा सर्वेक्षणमा भाग लिएका एकतिहाइ जोडीहरूले सुताइको गुणस्तर सुधारका लागि कहिलेकाहीँ वा नियमितजसो अलग-अलग कोठामा सुत्ने गरेको बताएका थिए।

उक्त अध्ययनका अनुसार यस्तो प्रवृत्ति मिलेनिअल्स भनिने सन् १९८१ देखि १९९६ बीचमा जन्मिएका वा अहिले २८ देखि ४२ वर्षको बीचको उमेर समूहमा रहेका जोडीहरूमा धेरै देखिएको छ। यो उमेर समूहका करिब आधा अर्थात् ४३ प्रतिशत सर्वेक्षणका सहभागीहरूले आफूहरू जोडीसँग छुट्टिएर सुत्ने गरेको बताएका थिए।

यसपछि यस्तो अभ्यास गरिरहेको समूह सन् १९६५ देखि १९८० बीचमा जन्मिएका ‘जेनेरेशन एक्स’ छ। यो समूहका ३३ प्रतिशत सहभागीले यस्तो अभ्यास गरेको बताएका छन्।

त्यसपछि ‘जेनेरेशन जेड’ भनिने १९९७ देखि २०१२ बीचमा जन्मिएको पुस्ता (२८ प्रतिशत) र बेबी बूमर्स भनिने सन् १९४६ देखि १९६४ बीचमा जन्मिएको पुस्ता (२२ प्रतिशत) छ। “युवा पुस्ताले किन यसो गरिरहेका छन् भन्नेबारे ठ्याक्कै थाहा हुन नसके पनि यसबारे केही परिकल्पनाहरू छन्। त्यसमध्ये एउटा चाहिँ छुट्टाछुट्टै सुत्ने कुरामा अहिले सङ्कोच कम छ। यो सांस्कृतिक परिवर्तन हो। मलाई के लाग्छ भने ‘यदि म राम्रोसँग सुतेँ भने म राम्रो महसुस गर्न सक्छु। त्यसो भए किन नगर्ने’,” डाक्टर कोलिअर भन्छिन्।

इतिहासको विकास क्रमसँगै यसमा परिवर्तन हुँदै आएको देखिन्छ। केही इतिहासकारहरूका अनुसार ‘डबल बेड’ अर्थात् जोडी सँगै सुत्न मिल्ने बिछ्यौना आफैँमा आधुनिक अवधारणा हो। यसको प्रयोग औद्योगिक क्रान्तिसँगै मानिसहरू धेरै जनघनत्व भएका ठाउँहरूमा जान सुरु गरेसँगै बढेको उनीहरू बताउँछन्।

तर १९औँ शताब्दी अघिसम्म विवाहित जोडीहरू छुट्टाछुट्टै सुत्ने अभ्यास सामान्य थियो। “आर्थिक सामाजिक अवस्था जति उच्च हुँदै गयो यो अभ्यास त्यति नै धेरै बढ्दै गयो। राज परिवारका मानिसहरू कसरी सुत्थे भनेर तपाईँले थाहा पाउन सक्नुहुन्छ,” क्याथोलिक युनिभर्सिटी अफ चिले अन्तर्गतको चिकित्सा विद्यालयमा सुताइ समस्या हेर्ने चिकित्सक पाब्लो ब्रोकमन भन्छन्।

यसका फाइदा के छन् ?

विज्ञहरूका अनुसार फरकफरक कोठामा सुत्ने निर्णय गरेका जोडीहरूलाई कैयौँ फाइदा छन्। “यसको मुख्य फाइदा भनेको उनीहरूमा नियमित गहिरो निद्राको विकास हुनसक्छ। राम्रो निद्रा पाउनु समग्र भलाइका लागि अत्यावश्यक छ,” डा कोलिअर भन्छिन्।

“यदि एकजना व्यक्ति सुत्न सक्दैनन् भने त्यसले उनको रोग प्रतिरोधी क्षमता देखि शारीरिक कामकाज लगायतका सबै कुरामा पनि असर पर्छ। यससँगै तपाइँ छिटो रिसाउनुहुन्छ र अधैर्य हुनुहुन्छ। यसले कुनै प्रकारको डिप्रेशन पनि निम्त्याउन सक्छ,” उनी भन्छिन्।

ती मनोचिकित्सक ‘स्लिप डिभोर्स’ले स्वस्थ सम्बन्ध कायम राख्न पनि सहयोग पुग्ने निश्वास गर्छिन्। “हामीलाई के थाहा छ भने जुन जोडीले राम्रोसँग आराम पाउँदैनन् उनीहरूबीच धेरै झै-झगडा हुने सम्भावना हुन्छ, धेरै झर्किन्छन् र समानुभूति गुमाउँदै जान्छन्,” उनी भन्छिन्।

अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनका श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सीमा खोसला पनि यस विषयमा सहमति जनाउँछिन्। “कमजोर सुताइले तपाईँको मनोदशा खराब बनाउन सक्छ। निद्रा नपुगेका मानिसहरू आफ्ना जोडीसँग झै-झगडा गर्ने सम्भावना धेरै हुन्छ। उनीहरूको निन्द्रा बिथोल्ने व्यक्तिहरूप्रति धेरै रिस हुनसक्छ जसले सम्बन्धलाई नकारात्मक असर गर्छ,” अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनले स्लिप डिभोर्सबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले भनेकी थिइन्।

“रातको समयमा राम्रो निद्रा पाउनु स्वास्थ्य र खुसीका दुवैका लागि महत्त्वपूर्ण छ। त्यसकारण केही जोडी आफ्नो समग्र भलाइका लागि छुट्टाछुट्टै सुत्नु कुनै अचम्मको कुरा होइन,” उनले थपिन्। सेसिलियाका हकमा आफ्ना जोडीभन्दा फरक कोठामा सुत्न सुरु गरेयता उनको जीवन परिवर्तन भएको छ।

“त्यसो गर्दा अझै धेरै सहज हुन्छ। राम्रोसँग सुत्न पाइन्छ वा ओछ्यानमा अझै धेरै ठाउँ प्रयोग गर्न पाइन्छ अनि अरूलाई असर नपारी कोल्टे फेर्न सकिन्छ…” उनी भन्छिन्। “साथै तपाईँको जोडी उठ्दा आफू पनि सँगै उठ्न परेन। तपाईँ आफू जतिबेला उठ्न आवश्यक छ त्यतिखेर उठ्न सक्नुहुन्छ।”

के बेफाइदा पनि छन् ?

सबैभन्दा प्रमुख बेफाइदा भनेको यस्तो अभ्यासका लागि एउटा थप बिछ्यौना चाहिन्छ र सम्भवतः थप एक कोठा पनि। त्यसकारण कैयौँ जोडीहरूका लागि यो विकल्प उपलब्ध नहुन सक्छ। कोठा र बिछ्यौनाको प्रबन्ध भए पनि यस्तो निर्णयका केही नकारात्मक पाटोहरू पनि छन्। कैयौँ जोडीहरूमा यसो गर्दा सामीप्य गुम्दै जाने डर हुने विज्ञहरू बताउँछन्।

“मेरा श्रीमान्‌सँगको सम्बन्धको प्रगाढतामा केही परिवर्तन आएको मलाई पनि लाग्छ,” सेसिलिया स्विकार्छिन्। “सम्बन्ध र सामीप्यमा असर पर्छ। तर त्यो धेरै गम्भीर हदसम्म होइन। मेरो विचारमा फाइदा धेरै छन्,” उनी थप्छिन्।

डा कोलिअरका अनुसार दिनभरि काम गर्नेहरूका लागि आफ्नो जोडीसँग नजिक हुने समय भनेको बिछ्यौनामा पुगेपछि हो। “त्यसकारण यसको समाधान भनेको सँगै बिताउने समय सकेसम्म धेरै निकाल्नु हो,” उनी भन्छिन्।

डा ब्रोकमन ‘स्लिप डिभोर्स’ले सबै जोडीका लागि काम नगर्ने बताउँछन्। “जोडी सँगै सुत्दाका केही जैविक फाइदाहरू पनि छन्। कैयौँका हकमा सँगै सुत्दा उनीहरूको सपना मार्फत् सम्बन्ध स्थापित हुने गर्छ। मानव जातिमा यो आदिम कालबाटै स्थापित विशेषता हो। उदाहरणका लागि महिलाले स्तनपानका समयमा आफ्ना बच्चाहरूसँग यस्तो बन्धन स्थापित गर्नेगर्छिन्। उनीहरूको सुत्ने तालिका पनि एउटै हुनेगर्छ र दुवैले आराम पनि पाउँछन्।”

ती निद्रा विशेषज्ञ थप्छन्: “अध्ययनहरूले कैयौँ वर्ष देखि सँगै सुतिरहेका जोडीहरूमा एक अर्काबीच बन्धन स्थापित भए देखि गहिरो निद्रा पर्ने पनि देखाएका छन्। यसबाट हामीले आफ्नो सुताइको गुणस्तर सुधार गर्न सक्छौँ।” विशेषज्ञहरूका अनुसार छुट्टाछुट्टै सुत्ने निर्णय लिएका जोडीहरूले केही सुझावहरु पालना गर्नुपर्ने हुन्छ।

“यदि जोडीमध्ये एक जनालाई मात्रै यस्तो गर्न रुचि हुने र अर्कोलाई नहुने हो भने यसले काम गर्दैन। त्यसले रोष मात्रै जन्माउँछ,” कोलिएर भन्छिन्। “केही मानिसहरू एक्लै सुत्न चाहँदैनन् र त्यसले उनीहरूलाई नराम्रो महसुस हुन्छ। त्यसपछि उनीहरू सँगै सुत्ने सम्झौता गर्छन्।”

यसमा ब्रोकमन सहमति जनाउँछन्। “घुर्ने, सपनामा हिँड्ने र खुट्टा चलाइरहने जस्ता साँच्चिकै समस्या भएका मानिसहरूका हकमा कठिन हुनसक्छ। किनभने केही मानिसहरू छुट्टाछुट्टै बिछ्यौनामा सुत्न चाहँदैनन्। खास गरी पुरुषहरू यस्तो चाहँदैनन्,” उनी भन्छन्।

अध्ययनहरूले भने केही देशहरूमा छुट्टाछुट्टै सुत्ने प्रवृत्ति बढिरहेको देखाएका छन्। यूकेमा पनि सन् २०२० मा न्याश्नल बेड फेडेरेसनले गरेको अध्ययनमा छजनामा एक जना ब्रिटिशहरू सँगै बसे पनि छुट्टाछुट्टै सुत्ने देखिएको थियो।

जसमध्ये पनि १० जोडीमध्ये नौजना फरक-फरक कोठामा सुत्ने गरेका थिए। सन् २००९ मा भएको यस्तै अध्ययनमा १० जोडीमध्ये एक फरकफरक बिछ्यौनामा सुत्ने गरेको देखाएको थियो। “यसले के देखाउँछ भने पछिल्लो एक दशकमा छुट्टाछुट्टै सुत्ने दर दोब्बर भएको छ,” न्याश्नल बेड फेडेरेसनले भनेको छ। को कहाँ सुत्छ भन्दा पनि सम्बन्धमा रहेका धेरै भन्दा धेरै जोडीहरू रातको समयमा राम्रो निद्रा चाहन्छन् भन्ने देखिन्छ। (बीबीसी नेपालीबाट)

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.