७ असोज, काठमाडौं
विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको छ ।
स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो ।
पक्राउ परेलगत्तै स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरुले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले प्रसाई अस्पताल भर्ना भएका हुन् ।







