६ असोज, काठमाडौं ।
नेपालले आईसीसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।
नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), अनिलकुमार साह, आसिफ शेख, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, ललित राजवंशी।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार