२ असोज, काठमाडौं ।
नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
क्यानडाको किङ सिटीमा मपल लिफ क्रिकेट ग्राउण्डमा ओमानका कप्तान अकिब इलियासले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
क्यानडाको ओन्टेरियोमा हुने खेलमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गर्ने नेपाली टिममा तीन परिवर्तन गरिएको छ।
ओपनर कुशल भुर्तेल, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल टोलीमा छैनन्। अनिलकुमार साह, अर्जुन साउद र आरिफ शेखलाई टोलीमा स्थान दिइएको छ।
नेपाली टिम : रोहित पौडेल (कप्तान), अनिलकुमार साह, आसिफ शेख, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, ललित राजवंशी।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार