काठमाडौं, भदौ १८-
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थपिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो ।
समितिका सभापति सूर्यबहादुर थापाले राखेको समितिको म्याद १५ दिन थप्ने प्रस्ताव बैठकले स्वीकृत गरेको हो ।
गएको जेठ १५ गते ७ सदस्यीय समिति गठन गरेको थियो । जेठ २३ गते पहिलो बैठक बसेको थियो । ३ महिने म्याद आगामी भदौ २२ गते सकिन लागेकाले म्याद थप गरिएको हो ।
समितिका सभापति थापाले समितिको ५१ वटा बैठक बसेको र ५० जना आरोपितसँग सोधपुछ गरेको सदनलाई जानकारी पनि गराए ।







