काठमाडाैं, भदौ १३
राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण गर्नु भएको छ ।
राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिअनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक गत साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । सभामुख देवराज घिमिरेले हिजो विधेयक प्रमाणीत गरी राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानुनको रुप लिएको छ ।










