काठमाडौं, भदौ ७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जानकारी नभएको बताएका छन् ।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्ध निर्देशक, सेयर होल्डर समेत रहेका लामिछानेले संस्थामा आएको भनिएको रकमबारे प्रष्टिकरण दिएका हुन् ।
समिति सभापति सूर्य थापाका अनुसार उनले सुप्रिम, सहारा, सूर्यर्दशन र स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा उनको नाम खडा गरिएको ऋण र प्रवाह गरिएको रकममा आफ्नो हस्ताक्षर कागजात संलग्न नरहेको दाबी गरेका छन् ।







