काठमाडौं,भदौ ३-
अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग अरुणिमाको विवाह भएको हो ।
केही दिन अगाडि कोर्ट म्यारिज गरेका उनीहरूले आज काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् ।अरुणिमाको यो दोस्रो विवाह हो ।
बिहेमा परिवार र निकट आफन्तको मात्रै उपस्थिति रहेको थियो । युवराज स्थानीय कांग्रेस नेता हुन् । अरुणिमा लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् ।







