Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख १६, २०८३
☰
Logo बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ३. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ५. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ६. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ७. मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

  • ८. पश्चिम नवलपरासीमा १२ घर जलेर नष्ट

  • ९. यस्तो रहने छ आजको राशिफल

  • १०. सुक्खाले बढायो डढेलो र प्रदूषण

विश्व फोटोग्राफी दिवसः पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी

पाटन (ललितपुर), भदौ ३-
विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी गरेको छ । एक सय ८५औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी आयोजना गरेको हो । ‘जब हिमाल मुस्कुराउँछ’ नाराका साथ गरिएको फोटो प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरुले विभिन्न समयमा कैद गरेका हिमशृङ्खलाका ५० भन्दा बढी तस्बिरहरु राखिएका छन् ।

प्रदर्शनीको उद्घाटन गर्नुहुँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले यस्ता प्रदर्शनीले फोटोग्राफरहरुको क्षमता प्रस्फुटनमा ऊर्जा थप्ने बताउनुभयो । “यो प्रदर्शनीले धेरै कुराहरूलाई सहयोग पुर्‍याएको छ, प्रदर्शनीमा राखिएका तस्बिरमा हाम्रा हिमालहरुको प्राकृतिक महत्वलाई उजागर गरेको छ, हाम्रा हिमालको अहिलेको अवस्थालाई चित्रण गरेको छ, जलवायु परिवर्तनको असरका बारेमा हामीलाई सुसूचित गरेको छ, एउटा तस्बिरले हजार शब्दमा व्यक्त गर्न नसकिने तथ्यहरुलाई व्यक्त गर्छ भनिन्छ, यो प्रदर्शनी धेरै दृष्टिकोणबाट महत्व राख्ने खालको छ,” उहाँले भन्नुभयो ।

प्राकृतिक मनोरम दृश्यले पर्यटकको आकर्षक बढाउने हुँदा यस्ता प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ । उहाँले जलवायु परिवर्तनको असरले हिमालमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न काम गर्नुपर्ने सन्देश तस्वीर मार्फत् देखाएको बताउनुभयो ।

हरेक वर्षको अगस्त १९ तारिखलाई विश्व फोटोग्राफी दिवसको रुपमा संसारभरका फोटोग्राफहरुले उत्सवका रूपमा मनाउँदै आएका छन् । नेपालमा सन् १९९७ मा राष्ट्रिय फोटो पत्रकार समूहको स्थापना भएसँगै प्रत्येक वर्ष विश्व फोटोग्राफी दिवस मनाइँदै आएको छ । फोटोग्राफीको इतिहास बुझाउन, अग्रज फोटोकारको सम्मान र अनुजलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।

विश्व फोटोग्राफी दिवसको सन्दर्भ पारेर विश्वमा जलवायुको असरका कारण परेको असर र त्यसका कारण हाम्रा हिमालहरु पग्लिँदै गइरहेको अवस्थालाई दृष्टिगत राख्दै हिमाल बचाउ अभियानलाई सार्थकता दिन प्रदर्शनी आयोजना गरिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

“नेपालका हिमाल र हिमाली क्षेत्रका पर्यटन, सांस्कृतिक र सामाजिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले यो प्रदर्शनी राखिएको हो, नेपाललाई विश्वसामु चिनाउन, पर्यटन प्रवद्र्धन गर्नाका साथै फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिमा प्रदर्शन महत्वपूर्ण हुने विश्वास छ, व्यावसायिक फोटोग्राफरहरुका लागि हौसला प्रदान गर्न सहयोग मिल्नेछ भन्ने विश्वास छ,” अध्यक्ष वन्तले भन्नुभयो ।

फोटोग्राफी क्यामेराको जननी मानिने ‘क्यामेरा अब्स्क्युरा’ बाट सुरु भएको थियो । विश्वमा श्यामश्वेत छविचित्र अनि फोटो ट्रान्समिटरका ती उदेकलाग्दा पर्खाइ छिचोल्दै फोटोग्राफी हरेक मान्छेको पहुँचमा आइपुगेको छ । विश्वमा फोटोग्राफीसम्बन्धी कल्पनाको उदय भएको झन्डै दुई सय वर्ष हुँदा फ्रान्समा यस क्षेत्रमा निकै अनुसन्धान र प्रयोगहरू भएका थिए । अँध्यारो कोठामा झ्यालढोकाको मसिनो प्वालबाट बाहिरको घामको किरण छिरेपछि उत्पन्न आकृति देखेका वैज्ञानिकहरूले ती आकृति सधैँका लागि कैद गर्ने प्रयासमा लागे ।

यसैबीच, सन् १८२६ मा जोसेफ निसेफोर नियप्सले आफ्नो घरको कौसीबाट देखिने दृश्यको फोटो करिब आठ घण्टा लगाएर खिचे । त्यही फोटो विश्वको पहिलो फोटोग्राफिक आकृति बन्यो । अस्पष्ट देखिने त्यो फोटोमा केही आकार र प्रकार मात्र देखिन्छ । पछि आएर सन् १८३८ मा लुइस डेगुरेले अझ प्रस्ट देखिने फोटोको आविष्कार गर्न सफल भए । त्यसबेलाको फोटो अहिलेको झैँ स्थायी रूपमा रहिरहने खालको थिएन । त्यो कालखण्डमा तस्बिर खिच्न आठ घण्टा लाग्थ्यो ।

सन् १८३९ मा मात्र व्यावहारिक रूपमा सफल फोटोको आविष्कार भयो । त्यसबेला खिचिएको सडकको दृश्यचित्रलाई प्रथम प्रस्ट चिनिने आकृतिसहितको सही फोटो मान्न सकिन्छ । वीरशमशेरका पालामा डम्बरशमशेरले नेपालमा फोटोग्राफीको सुरुआत गरेको मानिन्छ । बालकृष्ण समका छोरीपट्टिका नाति नवीनप्रकाशजङ्ग शाहका अनुसार, डम्बरशमशेरलाई वीरशमशेरले पुरस्कारस्वरूप बेलायत र जर्मनीबाट जति पनि सामान भन्सार छुट गरी झिकाउने सुविधा दिएका थिए । त्यो बेलादेखि सुरु भएको नेपाली फोटोकारिता अहिले धेरै अगाडि बढिसकेको छ । यसमा नेपालका धेरै फोटोग्राफरहरूको महत्वपूर्ण भूमिका छ । रासस

 

Chitwan Aaja चितवन आज
सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

ताजा समाचार

सबै

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

आज मेघगर्जन तथा चट्याङसहितको वर्षा हुने सम्भावना,सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवाः सेवाग्राही अझै अनविज्ञ

तोलामा ३ हजार रुपैयाँ घट्यो सुन

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यस्तो छ आजको राशिफल

माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा

जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

कालिन्चोकमा ढकमक्क फुलेको सेतो गुराँस (तस्बिरसहित)

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ३.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४.
    बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ५.
    सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ६.
    सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.