काठमाडाैं, भदौ १
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शनिबार भएको भेटमा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
केही जानकारी आदानप्रदान तथा केही राजनीतिक विमर्श भएको उनको भनाइ छ ।
‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए,’ उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।







