काठमाडाैं, साउन २९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयलाई नस्वीकार्ने निर्णय गरेको छ ।
मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य नभएको निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
भ्रष्टाचारको विषयमा सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरेपछि रास्वपाले विरोध जनाएको हो ।
बैठकले कानून समितिबाट पास भएको टीआरसी विधेयकलाई संसद्बाट पनि सर्वसम्मत पारित गराउन लाग्ने निर्णय गरेको छ ।







