काठमाडाैं, साउन २७
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
उनी भेटका लागि आइतबार साँझ देउवा निवास बूढानीलकण्ठमा पुगेका थिए ।
भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।







