काठमाडौं, असार ७-
२०७९ साल असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी असार १७ गते निर्वाचन आयोगमा दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दोस्रो स्थापना दिवस मनाउँदै छ।
यस अवसरमा आज चियापान कार्यक्रम आयोजना गरिएको पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वप्रधानमन्त्रीहरु, दलका शीर्ष नेता, उद्योगी व्यवसायी सर्वसाधारण लगायत सबैलाई आमन्त्रण गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
२०७९ साल असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी असार १७ गते निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार