१८ जेठ, काठमाडौं ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन्।
शनिवारदेखि काठमाडौंमा सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा भलिबलका लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताएका हुन्।