काठमाडौं, वैशाख १२ –
थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ । आफूलाई घरबारबिहीन बताउने १३ व्यक्तिलाई राधास्वामी सत्संग लगिएको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै अन्य सबै परिवार भेला भइसकेको भनिरहेका ८ जनालाई दशरथ रंगशालामा लगिएको छ ।
केहीबेर अघिसम्म २२ परिवारले आफू घरबारबिहीन रहेको भन्दै आश्रयका लागि सरकारी अधिकारीसँग नाम टिपाएको खबर प्राप्त भएको छ ।









