Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, बैशाख १५, २०८३
☰
Logo मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ३. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ४. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ५. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ६. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ७. पश्चिम नवलपरासीमा १२ घर जलेर नष्ट

  • ८. मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

  • ९. यस्तो रहने छ आजको राशिफल

  • १०. सुक्खाले बढायो डढेलो र प्रदूषण

आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १६ जेठ : 

आरोही, पर्यटन व्यवसायीलगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा आज  ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो ।

आरोही कल्याणकारी कोष बनाउने घोषणा गरेर औपचारिक मन्तव्य समापन गर्नुअघि प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले  विगत स्मरण गर्नुभयो । उहाँ एक्कासी भक्कानिनुभयो । उहाँको गला अवरुद्ध भयो । आँखा रसाए । केहीछिनमा उहाँ सम्हालिनुभयो अनि भन्नुभयो, “सगरमाथा आरोहीलाई आज सम्मान गर्ने अवसर प्राप्त भयो । मेरो आफ्नै परिवारका दुई सदस्य छोरा र बुहारीले सगरमाथा आरोहण गरेको हुनाले मलाई आरोही भनेपछि आफ्नै परिवारको सदस्य जस्तै महशुस हुन्छ ।” उहाँको भावुकताले केहीबेर सभाहलका सहभागी सबै भावविहल बने ।

उहाँले आरोहीको कल्याणकारी कोष बनाउने कार्यमा सरकारले पहलकदमी लिने प्रतिबद्धता गर्नुभयो । उहाँले भन्नुभयो, “आरोहीको हकहित र उनीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोष बनाइयोस् भनिएको छ । हामी (सरकार) अर्थमन्त्रालयसँग समन्वय गरेर कोष बनाउनेतिर पहल गर्ने विश्वास दिलाउन चाहन्छु, त्यसका साथै पर्वतीय पर्यटन क्षेत्रलाई व्यावसायिकता वृद्धि तथा व्यवसायलाई सहज बनाउन कर छुटको व्यवस्थाका लागि पहल गर्ने विश्वास दिलाउँछु ।”

प्रधानमन्त्री दाहालले सगरमाथा दिवसले नेपालको पर्यटकीय आगमन वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहर न्यूनीकरण गर्न एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाललगायत विश्वका विभिन्न हिमशिखरहरुको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरुको आत्मसम्मानलाई उच्च प्राथमिकता राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्ने जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले सरकार प्रमुखको हैसियतले घोषणा गर्नुभएको आरोहीको कल्याण कोष गठन गर्ने विषयलाई पर्यटन मन्त्रालयकोतर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाइने उल्लेख गर्नुभयो ।

सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको र यसलाई सफल बनाउन पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य र समन्वयकासाथ लक्ष्य पुरा गर्न पहल गर्ने पर्यटनमन्त्रीको भनाइ थियो । पर्यटनमन्त्री तामाङले नेपालको समग्र पर्यटन र विशेषतः पर्वतीय पर्यटनमा देखापरेको समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउनुभयो ।

उहाँले बढ्दो तापमान र हिमाली क्षेत्रमा बढ्दो मानवीय गतिविधिका कारण वातावरणमा परेको नकारात्मक प्रभावलाई सन्तुलन कायम गर्न सगरमाथाको आधार शिविरको समग्र अध्ययनका लागि कार्यदल बनाईसकिएको र त्यसले चाँडै प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिनुभयो । उहाँले  प्रतिवेदनका आधारमा अघि बढ्ने बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वय र सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

सगरमाथा दिवस निरन्तर मनाइने

सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई विशेष दिवसका रुपमा मनाउने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला टेकेको दिनलाई अथात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा दिवसका रुपमा मनाइने भएको हो । सन् १९५३ मा नेपाली तेन्जिङ नोर्गे शेपा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेको ७१ वर्ष पुगेको छ । सोही आरोहण स्मरण गर्दै सगरमाथा दिवस मनाउने निर्णय गरिएको हो ।
सन् २००८ देखि नेपालमा सगरमाथा दिवस मनाउन थालिएको थियो । अघिल्लो वर्ष १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसकारुपमा मनाइएको थियो । सरकारले यो वर्षदेखि सगरमाथा आरोहण सुरु भएको वर्षदेखिकै अवधिलाई जोडेर ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको हो । अन्तर्राष्ट्रिय जगतमा सगरमाथा आरोहण सुरु भएको दिनलाई नै सगरमाथा दिवसका रुपमा मनाउने गरिएको छ । सगरमाथाको गौरव, पहिचानलाई विश्वभर फैलाउन आरोहण सुरु भएको दिनलाई मान्यता दिई  नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरिएको हो ।

सरकारद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाउने घोषणा गरिएको छ । दिवसका अवसरमा हिमाली पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान पु¥याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने जनाइएको छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सरकारले आरोही कल्याण कोष घोषणा गरेको विषयले आरोहीको मनोबल उकासेको र साहसिक पर्यटनका निम्ति महत्वपूर्ण फड्को भएको उल्लेख गर्नुभयो ।

उहाँले सङ्घको लामो पहलपछि आरोहीलाई परिचयपत्र दिन सुरु गरिएको भन्दै सरकारको निर्णयबाट पर्वतारोही र पर्वतारोहण क्षेत्र हर्षित भएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्ने आरोही एवं सरोकारवालालाई सम्मान गरिएको थियो । हालसम्म आठ हजारभन्दा बढीले ससगरमाथा आरोहण गरिसकेका छन् । विभिन्न कीर्तिमान कायम भएका छन् ।

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार लाक्पा सोनाम शेर्पालाई

नगद रु एक लाख राखिको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार वरिष्ठ पर्यटन व्यवसायी एवं आरोही लाक्पा सोनाम शेर्पालाई प्रदान गरिएको छ । शेर्पा पाँच दशकदेखि पर्यटन तथा पर्वतारोहण क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले विगत २५ वर्षदेखि एयरलाइन्स व्यवसायमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पु-याउनुभएको छ । यस्तै नगद रु ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार आरोहीहरु पेमा छिरिङ शेर्पा, नरेन्द्र साही, ग्याल्जे शेर्पा, ल्हाक्पा डेण्डी शेर्पा र आङ्ग सार्की शेपालाई प्रदान गरिएको छ ।

आरोहीलाई ब्याच तथा परिचयपत्र

त्यसैगरी सगरमाथा आरोहीलाई ब्याच तथा परिचयपत्र प्रदान गरिएको छ । सगरमाथा आरोही सङ्घका महासचिव माया शेर्पा, महासचिव शिवबहादुर सापकोटा तथा आरोही दावा स्टेफन शेर्पा, मिङ्मा ग्याबु शेर्पा, फुञ्जो झामु शेर्पा, बिना मगरलाई साङ्केतिकरुपमा परिचयपत्र दिइएको हो । यो वर्ष करिब पाँच सयलाई परिचयपत्र दिइने जनाइएको छ ।

त्यस्तै ब्याच तथा परिचयपत्र नेपालीतर्फ मिङ्मा शेर्पा, सरल सहयात्री पौडेल, कर्मा तेञ्जिङ, लाक्पा शेर्पा, सोना शेर्पा, दावा याङ्जु शेर्पा, नाडसाल छयोटोन लामा तथा विदेशीमा भारत, अष्ट्रेलियन आरोही अलि पेप्परसहित भारत, बुल्गेरिया, विभिन्न सात आरोहीलाई ब्याच र परिचयपत्र प्रदान गरिएको छ ।

सगरमाथा नामाकरण गर्ने इतिहासविद् बाबुराम आचार्यलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको छ । ब्याच तथा परिचयपत्र र विभिन्न अवार्ड प्रधानमन्त्री दाहालले प्रदान गर्नुभएको थियो । यसै वर्षदेखि सुरु भएको रु ७५ राशिको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार नापी विभागका नापी अधिकृत एवं आरोही खिमलाल गौतमलाई प्रदान गरिएको थियो ।

कोशी प्रदेश सरकारकातर्फबाट विभिन्न पाँच आरोहीलाई पुरस्कृत गरिएको थियो । पर्यटन विभागका अनुसार यसवर्षको याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् ।

Chitwan Aaja चितवन आज
बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

ताजा समाचार

सबै

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

आज मेघगर्जन तथा चट्याङसहितको वर्षा हुने सम्भावना,सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवाः सेवाग्राही अझै अनविज्ञ

तोलामा ३ हजार रुपैयाँ घट्यो सुन

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यस्तो छ आजको राशिफल

माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा

जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

कालिन्चोकमा ढकमक्क फुलेको सेतो गुराँस (तस्बिरसहित)

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ३.
    सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ४.
    बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ५.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ६.
    सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.