१८ चैत, काठमाडौं
आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातलाई ८ विकेटले पराजित गरेको छ।
आइतबार गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पार गर्यो।
नेपालको जितमा अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए । रोहितसँगै अविजित रहेका अनिल साहले ३२ रन थपे । यी दुई ३४–२ को अवस्थाबाट तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्याएका हुन् ।