५ चैत, काठमाडौं-
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको गरेको थियो ।
महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग अदालतसमक्ष गरेका थिए ।
महरालाई टीभी, युरिक एसिड लगायतका स्वास्थ्य समस्या रहेका छन् । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो ।
महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरिएको हो । उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार