२ चैत, काठमाडौं ।
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंस्थित टोखाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीर्आजी भीम ढकालले पनि दिपेश पक्राउ परेको पुष्टि गरे ।
२ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।