२६ फागुन, काठमाडौं ।
नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ ।
नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार