• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, भदौ २८, २०८२
☰
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ७. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ८. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ९. चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

  • १०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

दोस्रो पटक परराष्ट्र मन्त्रालय सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २३ फागुन : 

लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ दोस्रो पटक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीकारुपमा परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुग्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात र उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिका रहनुभएको थियो । प्रधानमन्त्री दाहालले आज गर्नुभएको मन्त्रिपरिषद् गठनमा उहाँ उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएको हो ।

उहाँले गत चैत १९ गतेदेखि गृह मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको थियो । त्यसअघि उहाँ २०६८ सालमा डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बन्नुभएको थियो । हाल राष्ट्रियसभा सदस्यका रूपमा रहनुभएका उहाँको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रूपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।

उहाँले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । २०४२ सालमा नेकपा (चौम)को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र)का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेताको भूमिका निर्वाह गर्नुभएको थियोे । उहाँतत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ताको भूमिकामा पनि हुनुहुन्थ्यो ।

संविधानसभा सदस्यसमेत रहिसक्नुभएका नेता श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित हुनुभएको हो । उहाँका विभिन्न कृति र लेखहरू प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उहाँले जेलजीवन बिताउनुभएको छ ।

ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा  संयोजन गर्ने कुशल संयोजकका रूपमा उहाँलाई लिइन्छ ।

तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उहाँको एकाएक चर्चा भएको थियो । विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरूबीच भएको १२ बुँदे सहमति गराउनमा उहाँले खेलेको कुशल संयोजनकारी भूमिकाले उहाँलाई आन्दोलनकारीबीच थप चर्चामा पु¥याएको थियो ।

अठार वर्ष भूमिगत रहनुभएका नेता श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक हुनुभयो । उहाँले केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिकका सम्पादकका रूपमा काम गर्नुभयो । भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको ‘पेरिफेरि’मा नै हुनुहुन्छ । मन्त्री श्रेष्ठले १० कक्षासम्म गाउँकै परोपकार आदर्श माविमा अध्ययन गर्नुभयो । उहाँ पढ्नमा तीक्ष्ण हुनुहुन्थ्यो । सधैँ कक्षाका प्रथम हुनुभयो । २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० नं ल्याएर स्कुलको रेकर्ड तोड्नुभएको थियो । पहिला मेडिकल कलेजमा अध्ययन गरेका उहाँले २०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गर्नुभएको छ । उहाँले अर्थशास्त्रमा पनि स्नातक गर्नुभएको छ ।

पन्ध्र वर्षमा एसएलसी उत्तीर्ण गर्नुभएका उहाँ १६ वर्षको उमेरमा नै जेल पर्नुभएको थियो । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उहाँलाई  केन्द्रीय कारागाारमा राखिएको थियो । उहाँ दोस्रोपटक ०३६ सालमा पनि गोरखामा जेल पर्नुभयो । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ पर्नुभयो ।

मन्त्री श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिनुभएको हो । २०४७ सालमा मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनका बीचमा एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य रहनुभयो । एकता भएपछि २०४८ सालमा एकता महाधिवेशनबाट उहाँ नेकपा (एकता केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुभयो ।

Chitwan Aaja चितवन आज
बुधबार, फागुन २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

ताजा समाचार

सबै

चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो

आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

अझै एक साता शेयर कारोबार नहुने

सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

भाटभटेनी लुट्न पसेका ४ जना भित्रै जलेको अवस्थामा फेला

साढे ११ हजार कैदी अझै फरार

जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

जेनजी प्रदर्शन : मृतकको पोस्टमार्टम सुरु

कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.