काठमाडाैं फागुन २२,
त्रिदेशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ ।
तीन देश सम्मिलित शृंखलाको शीर्ष दुई स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का पारेका थिए ।
नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपाल र नेदरल्याण्ड्सबीच फाइनल भिडन्त पक्का भएको थियो ।
लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको शुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जीत निकालेको थियो ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो ।
तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र चौथोमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
टी-ट्वेन्टी आईका पछिल्ला पाँच खेलमा नेपालले दुई खेल जितेको छ भने नेदरल्यान्ड्सले तीन खेलमा जीत दर्ता गरेको छ ।