काठमाडौं, फागुन २१-
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वमा रहेका सबै मन्त्रीलाई बिदा गर्दै आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
उनले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी तत्काल आफैं राखेका छन् भने नयाँ गठबन्धनबाट तीन जनालाई विनाविभागीय मन्त्री बनाएका छन् ।
उनले हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई मन्त्री बनाएका छन् । तीन मन्त्रीको सपथ आजै भएको छ । तर उनीहरुको मन्त्रालय तोकिएको छैन । नयाँ गठबन्धनमा छलफलपछि मन्त्रालयको भागबण्डा गरिनेछ ।