चितवन, फागुन २१ –
काँग्रेस–माओवादीसहितको महागठबन्धन टुटेर एमाले–माओवादीसहित नयाँ गठबन्धन बनेको छ । काँग्रेस–माओवादीसहितको गठबन्ध कमजोर हुनुमा केही कारणहरु रहेका छन् । जसलाई तल बुँदागत गरिएको छ ।
यी हुन् कमजोर कडी
– अर्थमन्त्री प्रकाशशरण महतमाथि कार्यक्षमतामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारमा प्रश्न उठ्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्न नदिएको भन्दै प्रधानमन्त्री दाहालले कांग्रेसकै पदाधिकारीसाग असन्तुष्टि व्यक्त गर्न थालेको लामो समय भइसकेको थियो
– त्यसअघि कोशीमा माओवादीको मुख्यमन्त्री हुने गरी शक्ति बााडफााट भएकामा शेखर कोइराला समूहले एमालेसाग तालमेल गरेर कांग्रेसको मुख्यमन्त्री बनाएपछि माओवादी स्तब्ध भएको थियो
– राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट दुई उम्मेदवार भएकामा कांग्रेसका कृष्ण सिटौला विजयी हुादा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि अविश्वास अझ बढ्यो
– कांग्रेस महासमितिमा उपसभापति पूर्णबहादुर खड्काको प्रस्तावमा ‘माओजादी १० वर्षे अनावश्यक द्वन्द्वले आर्थिक विकासमा क्षति पुर्याएको’ भन्ने अंशलाई पनि माओवादीले आफूमाथिको अपमान भन्दै व्याख्या गर्यो
– महासमितिमै कांग्रेस महामन्त्री गगन थापाले ‘आगामी निर्वाचनमा गठबन्धन नगर्ने’ भनेर राखेको प्रस्ताव पारित भएपछि अब गठबन्धन माथिको प्रतिबद्धता कमजोर भएको भनेर माओवादीले अर्थ लगायो
– कांग्रेस महासमितिकै सन्दर्भमा हिन्दु धर्मका पक्षमा हस्ताक्षर संकलन भएको र कालान्तरमा सिंगो कांग्रेसले यही मुद्दा बनाउन सक्ने भन्दै त्यसअघि नै आफ्नो बाटो लाग्न माओवादी अघि सर्यो
– बढ्दो अविश्वासबीच माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेको थियो, तर पूर्वसमझदारी भएको भन्दै कांग्रेसले दाबी छाडेन । पूर्वसमझदारीबाट माओवादीलाई धोका भएको भन्दै यसपालि अध्यक्ष लिएरै छाड्ने अडानमा माओवादी रह्यो, दुवै पक्षको अडानले गठबन्धनलाई कमजोर बनायो