चितवन, फागुन १७
चितवनका चर्चित काङ्ग्रेसी एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालाले भरतपुर भ्रमण वर्षको आलोचना गरेका छन् ।
हेरौं सामाजिक संजाल फेसवुकमा उनले लेखेको स्टाटस जस्ताको तस्तै – भरतपुर भ्रमण वर्ष नराम्रो होइन तर हुनुपर्ने चितवन भ्रमण वर्ष थियो । भरतपुरकै मानिसलाई भरतपुरमा जुलुस सभा गर्न लगाएर कसरी भ्रमण वर्ष हुन्छ ? भ्रमण वर्ष भनेको पर्यटक बोलाउने भनिएको होला, नारायणघाटमा सभा र जुलुस भएको सुनेपछि पर्यटक आउँछन् भन्ने ठानिएको हो ? हो भने गलत हो ।
चितवन आउने पर्यटकलाई भरतपुर आए पुग्छ, चितवनका अन्य ठाउँ हेर्न जान पर्दैन भन्न खोजिएको हो कि ? होइन भने चितवनको पर्यटन कुनै एउटा पालिकाको भ्रमण वर्ष मनाएर प्रवद्र्धन हुन्छ र ? नेपालकै तेस्रो पर्यटकीय क्षेत्र सौराहा, लाइ नजर अन्दाज गरेर सफल होला भ्रमण बर्ष? चितवनको आर्थिक र समग्र बिकास लाइ ध्यान दिनुपर्ने थियो। भ्रमण वर्षको नाममा पर्यटन प्रवद्र्धन गर्न खोजिएको हो कि, व्यक्ति बिशेषको राजनीतिक प्रवद्र्धन ? प्रश्न उठ्ने नै भयो ।
फेरि पनि भन्छु, भ्रमण वर्ष मनाउनुलाई नराम्रो कसरी भनौं ? भ्रमण वर्षलाई बहाना मात्र बनाउन खोजिएको देख्दादेख्दै राम्रो पनि कसरी भनौं ?
सुन्दै छु, भ्रमण वर्ष उदघाटनको जुलुसमा विद्यार्थिलाई पढाई छाडेर आउनैपर्ने उर्दी जारी गरिएछ । विद्यार्थीको चहलपहलले भ्रमण वर्ष सफल हुने हो ? यो पनि गलत हो । पञ्चायतकालमा राजपरिवारको जन्मोत्सव मनाउन विद्यार्थीलाई जबर्जस्ती जुलुसमा ल्याइन्थ्यो, अहिले गणतन्त्रमा त्यही संस्कार ? नेपालमा राजतन्त्र अन्त्य भयो, तर अनुभूति गर्न नपाइने भयो।
भरतपुर भ्रमण बर्षले समग्र चितवनको प्रवद्र्धन गर्न सफल होस् शुभकामना।।