काठमाडौं, फागुन १४ –
सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
रुलिङ भएसँगै सभाको बैठक नियमित रूपमा सुचारु भएको छ । सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरू, बैठकमा नियमित रूपमा यहाँहरूले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरूले उठाउनुभएको विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तीको माग राख्दै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले विरोध जनाएपछि आजको पहिलो बैठक स्थगित गरिएको थियो ।