७ फागुन, काठमाडौं ।
नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ ।
गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् ।
तालिका अनुसार नेपालले बरोडा र गुजरातका टिमसँग मार्च ३१ देखि अप्रिल ७ सम्म शृङ्खला खेल्ने छ । नेपालले मार्च ३१ मा गुजरातसँग खेल्दै शृङ्खलाको सुरुआत गर्ने छ ।