काठमाडौं, फागुन ५
अनिल शाह र आशिफ शेखको अर्धशतक प्रहार गर्दा नेपालले नेदरल्याण्ड्सविरूद्ध सानदार जित निकालेको छ।
आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा १३८ रनको झिनो लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो।
दुई खेलाडीले अर्धशतक प्रहार गरेको खेलमा नेपाल ९ विकेटले विजयी भएको हो।